जुनी राईले जिते बर्ष उत्कृष्ट उसु खेलाडीको अवार्ड


७ फाल्गुन २०७६, बुधबार
juni rai

काठमाडौं, ६ फागुन । राष्ट्रिय उसु टोलीका खेलाडी जुनी राईले ‘एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड जितेका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले मंगलबार काठमााडौंमा आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा उसुतर्फ जुनी वर्षको उत्कृष्ट खेलाडी चुनिदै वर्ष उत्कृष्ट खेलाडी अवार्ड जितेका हुन् । १३ औं दक्षिण एशियाली खेलकूद (साग) मा उसुको महिला स्पर्धामा नेपालकी जुनी राईले स्वर्ण पदक जितेकी थिइन् ।


तेक्वान्दोकी निमा गुरुङ र प्याराग्लाइडिङका विमल अधिकारी एनएनआईपिए स्पोर्टस अवार्डमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले मंगलबार काठमााडौंमा आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्ड २०७५ मंगलबार भएको कार्यक्रममा विमल र निमालाई सर्वोत्कृष्ट घोषित गरिएको हो । दुवैले समान १ लाख रुपैयाँ प्राप्त गरे ।

यस्तै टेबलटेनिसमा नविता श्रेष्ठ, एथलेटिक्समा अजित कुमार यादब, बक्सिङमा पुनम रावल, करातेमा विजय श्रेष्ठ, जुडोमा इन्द्र श्रेष्ठ, उसुमा जुनी राई र ब्याडमिन्टनमा दिपेश धामीले वर्ष उत्कृष्ट खेलाडी अवार्ड जिते बसन्तपुर डबलीमा आयोजित अवार्ड कार्यक्रममा २८ खेलका उत्कृष्ट खेलाडी सम्मानित भएका हुन् ।

juni rai 2
सर्वोत्कृष्ट खेलाडी निमा गुरुङ 

एनएनआईपीएले गत वर्ष इन्डोनेसियामा आयोजना भएको १८ औं एसियन गेम्समा सहभागिता जनाएको खेल र प्रदर्शनको आधारमा २८ खेलका एक एक उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरेको हो । उत्कृष्ट खेलाडी अवार्ड पाउने २८ खेलका प्रत्येक खेलाडीले जनही १०–१० हजार नगद प्राप्त गरे ।

सर्वोत्कृष्ट खेलाडी निमा गुरुङ
यस्तै वर्षको उदयमान खेलाडी अवार्डको पुरुषमा एथलेटिक्सका अजित कुमार यादव घोषित भए । महिलातर्फ राष्ट्रिय टोलीका सदस्य तथा एपीएफ क्लबकी सरस्वती चौधरीले भलिबलको खेल तथा उदयमान खेलाडीको अवार्ड जिते । उनीहरुले जनही ५०–५० हजार प्राप्त गरे

पहिलो अन्तर्रा्ष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ अवार्बाडबाट बक्सिङ प्रशिक्षक मदन गुरुङ सम्मानित भए । उनले ३५ हजार प्राप्त गरे । एनएनआईपिए पत्रकारिता पुरस्कारबाट राजेन्द्र चित्रकार सम्मानित भए । उनले २५ हजार प्राप्त गरे । खेल पत्रकार प्रज्वल ओलीलाई स्पेशल अवार्ड प्रदान गरिएको थियो ।

एनएनआइपिएले पहिलो पटक समावेश गरेको पारा खेलकुदको अवार्ड बोसिया खेलकी महिमा कोइरालाले प्राप्त गरिन् ।

एनएनआइपिए उत्कृष्ट खेलाडीबाट सम्मानित हुने खेलहरु फुटबल, पौडी, भलिबल, टेबल टेनिस, सुटिङ, बक्सिङ, भारोत्तोलन, पाराग्लाइडिङ, कुराँस, कबड्डी, फेन्सिङ, रोलर स्पोट्र्स, स्क्वास छन् । त्यस्तै सेपाकताक्रो, कुस्ती, स्पोट्र्स क्लाइम्विङ, बास्केटबल, लन टेनिस, ब्याडमिन्टन, ट्रायथोलन, पेन्काक सिलात, कराँते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथ्लेटिक्स र गल्फका खेलाडी उत्कृष्ट घोषित हुँदै सम्मानित भए ।

मदनकुमार गुरुङ आदर्श खेल व्यक्तित्व

यसैगरी बक्सिङका प्रशिक्षक मदनकुमार गुरुङलाई एनएनआईपिएले गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मान गरेको छ । नेपालको पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा स्थापित अवार्ड गुरुङलाई प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का तत्कालिन सदस्य सचिव शरदचन्द्र शाहको आग्रहपछि बर्माको सैनिकको जागिर छाडेर गुरुङ नेपाल आएका थिए ।

गुरुङ सफल नेपालका सफल बक्सरहरुका प्रशिक्षक हुन् । जसमा दलबहादुर राना, पुष्करध्वज शाहीदेखि प्रकाश थापामगर, मानबहादुर श्रेष्ठ लगायतका हुन् । आईबा रेफ्री समेत रहेका गुरुङ राखेपका दोस्रो श्रेणीका अधिकृत हुन् । उनले सम्मान पत्रसहित ३५ हजार रुपैयाँ प्राप्त गरे ।

एनएनआईपिए स्पोर्टस् अवार्ड २०७५


सर्वोत्कृष्ट खेलाडी

महिला– निमा गुरुङ (तेक्वान्दो) १ लाख रुपैयाँ
पुरुष – विमल अधिकारी (प्याराग्लाइडिङ) १ लाख रुपैयाँ

प्लेअर अफ दि ईअर अवार्ड विजेताहरु – जनही १० हजार रुपैयाँ
फुटबल – भरत खवास
भलिबल – सरस्वती चौधरी
सुटिङ– सुष्मिता नेपाल
भारोत्तलोन – सञ्जु चौधरी
प्याराग्लाइडिङ – विमल अधिकारी
पौडी – सुभम श्रेष्ठ
टेबल टेनिस – नविता श्रेष्ठ
फेन्सिङ – ओमकार सिंह
लन टेनिस – प्रेरणा कोइराला
कबड्डी – रेणुका कुमारी राजवंशी
सेपाकताक्रो – रोशन तामाङ
स्पोर्टस क्लाम्बिङ – पेम्बा शेर्पा
बक्सिङ – मिलन शाह ठकुरी
रोलर – भूपेन्द्र थापा
ब्याडमिन्टन – दीपेश धामी
कुराँश – उपेन्द्र थापा
पेनकेक सिलात – गोविन्द चौधरी
ट्रायथोलन – बसन्त थारु
एथलेटिक्स – अजित कुमार यादव
बास्केटबल – मनिषराज उपाध्याय
जुडो – इन्द्र श्रेष्ठ
कराते – विजय श्रेष्ठ
कुस्ती – रेशम गौतम
उसु – जुनी राई
आर्चरी – तिलक पुन मगर
तेक्वान्दो – निमा गुरुङ
गल्फ – टंकबहादुर कार्की

प्रतिभावान खेलाडी
महिला – सरस्वती चौधरी (भलिबल) ५० हजार रुपैयाँ
पुरुष – अजितकुमार यादव (एथलेटिक्स) ५० हजार रुपैयाँ
पारा एथलिट – महिमा कोइराला (बोसिया) – १० हजार रुपैयाँ
गजराज आदर्श खेल व्यक्तित्व – मदनकुमार गुरुङ (बक्सिङ), ३५ हजार रुपैयाँ
विषेश सम्मान – प्रज्वल आली
खेल पत्रकार – राजेन्द्र चित्रकार (२५ हजार रूपैयाँ)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७