क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वस्थ


७ फाल्गुन २०७६, बुधबार
kharipati 1

काठमाडौं, ७ फागुन । चीनबाट ल्याएर क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ रहेको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।

चीनबाट उद्धार गरेर ल्याई क्वारेन्टाइनमा राखिएका नेपालीहरुको स्वास्थ्य परीक्षणका क्रममा कसैमा पनि कोरोना भाइरस नभएको स्पष्ट पारेको छ ।

मन्त्रालयले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महेन्द्र श्रेष्ठले फागुन ४ गते चीनको ऊहानबाट ल्याएका १७५ जनाकै स्वास्थ्य परीक्षण गरिएको र त्यसक्रमम कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी दिएका छन् ।

मन्त्रालयले कोरोना भाइरस फैलन नदिन सरकारले निगरानी गरिरहेको भन्दै संक्रमण फैलन नदिन आवाश्यक तयारी गरिरहेको जनाएको छ । सरकारले गत फागुन ४ गते चीनबाट १७५ जना नेपालीको उद्दार गरेर भक्तपुरको खरिपाटीमा राखिएको छ ।

घाँटी र नाकको स्वाब नमूना परीक्षणबाट उनीहरुमा भाइरस संक्रमणको कुनै पनि लक्षण नभेटिएको हो । स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले चीनबाट फर्काइएका सबै नेपाली स्वस्थ भएको जानकारी दिएका छन् । बरालले भने, ‘उहाँहरुको नमूना परीक्षणको रिपोर्टले कुनै पनि व्यक्तिमा कोरोनाको लक्षण भेटिएन ।’

corona r5YMRF3qPu

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार गत ४, ५ र ६ गते राष्ट्रिय प्रयोगशालामा उनीहरुबाट लिइएको नमूना परीक्षण गरिएको हो । आइतबार नेपाल वायुसेवा निगमको विमान चार्टर्ड गरी ल्याइएका १७५ र चीनका विभिन्न स्थानबाट आफै आएकासहित कुल २१० जनाको कोरोना भाइरस संक्रमण रहे–नरहेको परीक्षण गरिएको थियो ।

सो क्रममा एक जनामा मात्र संक्रमण देखिएको थियो । उनी पनि स्वस्थ भई केही साता पहिले नै घर फर्किसकेका जनाइएको छ । स्वतन्त्र रुपमा चीनबाट आउने यात्रुहरुलाई विमानस्थलमा शरीरको तापक्रम जाँच गरिँदै आएको छ । सो क्रममा कसैमा कोरोनाको केही लक्षण देखिएमा थप परीक्षण गरिन्छ । समग्रमा चीनबाट आउने सबैलाई स्वास्थ्य निगरानीमा राखिने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

यता गत आइतबार उद्धार गर्ने क्रममा चिनियाँ विमानस्थलमा तापक्रम लगायतको परीक्षणका क्रममा ६ जना नेपाली रोकिएका थिए । पछि उनीहरुको परीक्षण गर्दा कोरोनाको कुनै संक्रमण नदेखिएको पुष्टि भएको छ । आइतबार चीनमै छुटेका ती ६ जनालाई नेपाल ल्याउनेबारे राखिएको जिज्ञासामा प्रवक्ता श्रेष्ठले हालसम्म यसबारे अहिले कुनै निर्णय नभएको जानकारी दिएका छन् ।

1 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७