एक लाख घुससहित इन्जिनियर रङ्गेहात पक्राउ


७ फाल्गुन २०७६, बुधबार
ghus पक्राउ

बैतडी, ७ फागुन । बैतडीमा एक इन्जिनियर एक लाख घुससहित रङ्गेहात पक्राउ परेका छन् ।
सिचाई डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख समेत रहेका इन्जिनियर सुरेशराज भट्ट घुस रकमसहित पक्राउ परेका हुन् ।

उनलाई आज (बुधबार) बिहानै अख्तियारको टोलीले पक्राउ गरेको हो । सेवाग्राहिबाट घुस लिइरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लिनारायण पाण्डेले बताए ।

अख्तियारले भने एक लाख रङ्गेहात पक्राउ गरेको र थप एक लाख घुस लिएको खुल्न आएकाले उक्त रकम बरामद गर्न बाँकी रहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७