ओली सरकार सबै नेपालीको हुन सकेन : पूर्वमन्त्री बडू


७ फाल्गुन २०७६, बुधबार
dilendra

अछाम, ७ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकार सबै नेपालीको हुन नसकेको आरोप लगाएका छन् ।

प्रेस युनियन अछामले आज साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘राज्यका संवैधानिक निकाय पनि सरकारको प्रभावमा परेर काम गरिरहेका छन्, जुन कुरा संविधानको मर्म विपरीत भइरहेको छ ।’

नेता बडूले भ्रष्टाचारीलाई कारवाही गर्नमा कांग्रेसको विरोध नभएको तर कानूनको प्रयोग विभेदपूर्ण भएकामा कांग्रेसको गम्भीर आपत्ति रहेको बताउँदै न्यायालयले सही र गलत छुट्याउँला तर, त्यहाँ पुर्‍याउने बाटो नै गलत भएको बताए ।

सरकारले ल्याउने विकास बजेट सन्तुलित खालको नभएको भन्दै सुदूरपश्चिमको विकासका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने धारणा राखे । पश्चिम सेती, अपर कर्णाली जस्ता आयोजना समयमै बन्नुपर्ने उनको धारणा छ ।

नेता बडूले एमसिसी नेपालको विकासका लागि भएको बताउँदै प्रजातन्त्र संस्थागत गर्न विकास र समृद्धि पहिलो आवश्यक रहेको बताए । कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्न किन नसकेको ? भन्ने प्रश्नमा बडूले सरकारका गलत कामको विरोध रचनात्मक रुपमा भइरहेको र कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निभाइरहेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७