कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई हजार नाघ्यो, ७६ हजार बढी संक्रमित

हुबेइमा एकै दिन १०८ को मृत्यु, इरानमा पनि कोरोनाबाट दुईको मृत्यु


८ फाल्गुन २०७६, बिहीबार
korona 3 2

काठमाडौं, ८ फागुन । विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण चीनसहित विभिन्न देशमा मृत्यु हुनेको संख्या दुई हजार एक सय भन्दा बढी पुगेको छ ।

विश्वभर कोरोनाका कारण ७६ हजार भन्दा बढी प्रभावित भइसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । पछिल्लो पटक सार्वजनिक तथ्याङ्क अनुसार चीनलगायत विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई हजार १२० पुगेको हो ।

चीनको हुबेइ प्रान्तको स्वास्थ्य प्राधिकरणका अनुसार हिजो मात्र १०८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । गत डिसेम्बरमा शुरु भएको कोरोनाका कारण हुबेइ प्रान्तमा मात्र दुई हजार २० जनाको मृत्यु भइसकेको जनाइएको छ । यस्तै अन्य शहरसहित चीनमा मात्र दुई हजार ११२ जनाको ज्यान गएको छ ।

चीन बाहेक हङकङ, फिलिपिन्स, जापान, फ्रान्स र इरानमा पनि कोरोना प्रभावितहरुको मृत्यु भएको छ । यसैबीच कोरोनाको संक्रमण रोक्न जहाजलाई नै क्वारेन्टाइनमा राखेपछि जापानको सर्वत्र आलोचना भएको छ ।

जापानले जहाजमा रहेका चालक दलका सदस्यसहित तीन हजार सात सय यात्रुमध्ये २१ जनामा कोरोनाको संक्रमण देखिएपछि जहाजसहित सबै यात्रुलाई क्वारेन्टाइनमा राखेको थियो ।

यसैबीच इरानको तेहरानमा पनि कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ । तेहरानको दक्षिणी शहर कुममा दुई जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मध्यपूर्वको कोरोनाको प्रभाव पहिलो पटक देखिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७