मध्यराति जर्मनीको दुई स्थानमा गोलीकाण्ड, आठ जनाको गयो ज्यान


८ फाल्गुन २०७६, बिहीबार
germany hanau B0uQntzKee

काठमाडौंं, ८ फागुन । जर्मनीमा बुधबार राति अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा आठ जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

यद्यपि स्थानीय सञ्चारमाध्यमहरूले जर्मनीको हानाउ शहरमा भएका गोलीकाण्डमा कैयौं व्यक्तिको मृत्यु भएको जनाएका छन् । अहिलेसम्म आठ जना मारिएको र पाँच जना घाइते भएको विवरण आएको बताइएको छ ।

हानाउ शहरको मध्य भागमा रहेको एउटा शिशा बारमा पहिलो आक्रमण भएको र हानाउकै केसेल्सटाटस्थित अर्को शिशा बारमा दोस्रो गोलीकाण्ड भएको समाचारमा उल्लेख छ । घटनापछि आक्रमणकारी फरार भएको अधिकारीहरूलाई उद्धृत गर्दै बिल्ड पत्रिकाले लेखेको छ ।

स्थानीय समयअनुसार घटना बुधबार राति १० बजे भएको स्थानीय प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७