प्रहरीद्वारा एक महिनामा ४६ लाखको अवैध सामान बरामद


८ फाल्गुन २०७६, बिहीबार
Nepal police

झापा, ८ फागुन । जिल्ला प्रहरी कार्यालय झापाले एक महिनाको अवधिमा भन्सार छली भारतबाट नेपाल भित्र्याएएको रु ४६ लाख ७९ हजार ३६२ बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले विभिन्न नाका प्रयोग गरी अवैधरूपमा नेपाल भित्र्याइएका लत्ताकपडा, विद्युतीय सामग्री, सवारी पार्टपूर्जा, पशुचौपाया तथा अवैध काठलगायतका वस्तु बरामद गरी सो मूल्य बराबरको मेची र भद्रपुर भन्सार कार्यालयमा बुझाइएको बताए ।

उनले माघमा मात्र विभिन्न मुद्दामा फरार अदालतबाट १० वर्ष छ महिना १६ दिन कैद एवं रु ४२ हजार ७०० जरिवाना जम्मा भएका फरार नौ प्रतिवादीलाई विभिन्न स्थानबाट लुकीछुपी बसेको अवस्थामा पक्राउ गरी अदालतमा दाखिला गरेको जानकारी दिए ।

उपरीक्षक कोइरालाले माघमा मात्र अभद्र व्यवहार, लागुऔषध, जबरजस्ती करणी, कर्तव्य ज्यान र अन्य अपराधका १२८ विरुद्ध मुद्दा दर्ता गरिएको र १५० लाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार त्यसमध्ये सबैभन्दा बढी अभद्र व्यवहारमा पक्राउ परेका छन् । जसमा चार विदेशी रहेका जनाइएको छ ।

प्रहरीले जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामाजिक अपराध घटाउने उद्देश्यले साइबर अपराध, लैङ्गिक हिंसा, ट्राफिक नियम र लागुऔषधसम्बन्धीका कार्यक्रम स्कूल तथा विभिन्न स्थानमा गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७