३३ किलो सुन छ चाहिँ कहाँ त ?


८ फाल्गुन २०७६, बिहीबार
gore

काठमाडौं, ८ फागुन । बहुचर्चित ३३ किलो सुनकाण्डले एसएसपी, एसपी, डिएसपीसहितका दर्जनौँ प्रहरी चार–पाँच महिना जेल परे । सनम शाक्यको हत्या गरियो । ‘गोरे’ भनिने मुख्य नाइके चूडामणि उप्रेती अहिले पनि सेन्ट्रल जेलको हावा खाइरहेका छन् । तर, त्यो सुन चाहिँ छ कहाँ ?

०७५ सालको मंसिर अन्तिम साता भारतको कोलकातामा इटहरी, सुनसरीका राकेशप्रसाद र हेमकुमार शर्मा ३३ किलो सुनसहित पक्राउ परे । स्थानीय प्रहरीले उनीहरु सवार कार पनि नियन्त्रणमा लियो । गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरी पौडेल नेतृत्वको छानबिन समितिले उक्त सुन नेपालबाट हराएकै हुनुपर्ने आशंका गर्‍यो ।

समितिको दाबी थियो, गोरेले सन् २०१५ देखि पटक–पटक गरी करिब ३८ क्वीन्टल, अर्थात् ३७ लाख ९९ हजार पाँच सय ५९ ग्राम सुनको अवैध कारोबार गरेको र अधिकांश सुन भारत छिराइएको । त्यही ठहरमा टेकेर लामो समयदेखि नेपाली अधिकारीहरु कोलकाता प्रहरीको सम्पर्कमा रहे ।

तस्करी भएको समान मेरो र तेरो भन्न पाइन्न किनभने तस्करी आफैमा अवैध विषय हो, त्यसमाथि कसैले मेरो भन्छ भने उही नै कारवाहीको भागिदार हुनुपर्छ । यस्तो हैरानी हुने भएपछि नेपालको तर्फबाट सोधखोजै हुन छाडेको छ । राजश्वले सोध्दा प्रहरीले जवाफै नदिई बसेबाट अनुसन्धानकर्मीहरु यो मामिला चर्काउने पक्षमा नरहेको बुझिन्छ ।

बरु, ०७५ मंसिरमा समातिएका सुनसरीका राकेशप्रसाद र हेमकुमार शर्मा त्यहाँको जेलमा कैद छन् । जतिबेला यी दुई नेपाली कोलकातामा समातिएका थिए, त्यही बेला अर्को भारतीय शहर लखनउमा पनि त्यति नै परिमाणमा सुनसहित तस्कर पक्राउ परे । यसरी ३३ किलो सुन ल्याउने सूत्रधार अहिलेसम्म पत्तो लागेको छैन, त्यही नाममा हुने, नहुने सबथोक भइसकेको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७