तीर्थयात्रामा हिंडेका ३४ नेपाली चढेको बस भारतमा दुर्घटना, ६ जना नेपालीको मृत्यु


८ फाल्गुन २०७६, बिहीबार
Bus accident दुर्घटना

काठमाडौँ, ८ फागुन : भारतमा मिनिबस दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु भएको छ । तीर्थयात्रामा गएका उनीहरूको भारतको सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान दुर्घटना हुँदा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

३४ जना सवार रहेको मिनिबस दुर्घटना हुँदा ६ जनाले घटनास्थलमै मृत्यु भएको उल्लेख गरेको । मृत्यु हुनेहरूमा २ जना महिला र ४ जना पुरुष रहेका छन् । जसमा ५६ वर्षका गोपाल तामाङ, ६० वर्षका विष्णु दाहाल, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम र ५० वर्षकी बेलुकारी चौधरी र एक जानको पहिचान खुलेका छैनन् ।

दुर्घटना भएको गाडीमा रहेका एक तीर्थयात्री अमरनाथ चौधरीका अनुसार उनीहरू नेपालको सुनसरी जिल्लाबाट गएका हुन् । टोलीमा ३४ जना थिए । फेब्रुअरी ६ अर्थात् माघ २३ गते भारततर्फ गएका उनीहरू ३५ दिनको तीर्थयात्रामा थिए । प्रहरीका अनुसार बेंगलरुतर्फ जाँदै गरेका उनीहरू विश्रामका लागि एउटा मन्दिरनजिकै बस रोकेर बसेका थिए ।

मध्यरातमा उक्त बसले युटर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग ठोक्किएर दुर्घटना भएको हो । सलेमका प्रहरी उपरीक्षक एस दीपा गनिगरेसहित प्रहरी अधिकारी घटनास्थल पुगेका छन् । प्रहरीले दुवै बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७