सञ्चारमन्त्री गोकुल बाँस्कोटाद्वारा राजीनामा


८ फाल्गुन २०७६, बिहीबार
Gokul Baskota

काठमाडौं, ८ फागुन :  सञ्चार तथा सूचना प्रविधि गोकुल बास्कोटाले राजीनामा दिएका छन्। उनले राजीनामा दिइसकेको अनौपचारिक जानकारी सभामुख अग्नि सापकोटाले संसदलाई गराएका छन्।

सेप्रमुख विपक्षी दल कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटालाई तुरुन्त बर्खास्ती र छानबिन माग गर्दै बिहीबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो । त्यसपछि सभामुख सापकोटाले मन्त्रीको राजीनामा दिइसकेको जानकारी गराएका थिए ।

उनले भने, ‘मलाई औपचारिक पत्र त आएको छैन । तर अनौपचारिक जानकारी आएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ ।’ तर कांग्रेसले राजीनामा मात्र आफूहरु चुप लागेर नबस्ने बताउँदै बाँस्कोटालाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै संसद अवरुद्ध गरेका छन् । बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्न कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड घुस माग्दै वार्तालाप गरेको अडियो सार्वजनिक भएको थियो ।

निर्धारित समयभन्दा केही घण्टा ढिल सुरु भएको बैठकमा कांग्रेस सांसद पुष्पा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटालाई बर्खास्त गरी उनलाई कारवाही गर्ने प्रक्रिया शुरु नगरेसम्म संसद चल्न नसक्ने बताएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७