नैतिकताका आधारमा राजीनामा दिएको हुँ : बाँस्कोटा


८ फाल्गुन २०७६, बिहीबार
gokul baskota 1024x683 1

काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्ना बारेमा प्रश्न उठेको जनाउँदै नैतिकताका आधारमा आज पदबाट राजीनामा दिएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिसनका लागि कुराकानी भएको भनिएको अडियो सार्वजनिक भए लगत्तै आज ट्वीट गरी मन्त्री बाँस्कोटाले राजीनामा दिएको बताएका हुन् ।

उनले ट्वीटमा भनेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकाले सम्माननीय प्रधानमन्त्री समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७