‘बरु प्रधानमन्त्री पद धरापमा परोस, तर भ्रष्टहरुलाई संरक्षण गर्दिन’


८ फाल्गुन २०७६, बिहीबार
PM KP Sharma oli

काठमाण्डौ, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने कसैलाई पनि संरक्षण नगर्ने बताएका छन् । बिहिबार काठमाण्डौमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्ने कसैको पनि मुख नहेरी एक्सन लिने बताएका हुन् ।

उनले भ्रष्टाचारप्रतिको शून्य सहनशीलता भन्ने मात्रै कुरा नभइ काम गरेर देखाउने आफ्नो बानी रहेको प्रधानमन्त्रीको भनाइ छ ।

‘सुशासनका लागि चाल्नुपर्ने कदममा म हिच्किचाउँदिन,अफ्ठ्यारा र कठिनाइ त अवश्य आउँछन्, कहिले कहिले मलाई मान्छेहरुले भन्छन्,’ तेरो पद धरापमा पर्ला नि भनेर, तर मलाई पद धरापमा पर्ला भन्ने चिन्ता लाग्दैन, मैले त सिस्टम बनाउने हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७