एनआईसी एशियामा खाता खोल्दा २ लाख १४ हजारसम्मकाे फाइदा


८ फाल्गुन २०७६, बिहीबार
Nic Asia Bank Logo

काठमाडौं, ८ फागुन । बैंकमा खाता खोल्दा  उच्चतम ब्याजदर ग्राहककाे पहिलो रोजाइ हुन्छ ।  आफ्नो बचतको उच्चतम ब्याजदर उनीहरूको पहिलो रोजाइ नहोला भन्न सकिँदैन , तर एन आई सी एशिया बैंकसँग आबद्ध हुने ग्राहक महानुभावहरूका हकमा भने अनुमान गरेभन्दा बढि पाउने भएको छ । ग्राहकले प्राप्त गर्ने उक्त फाइदाहरू अतुलनीय र असिमित नै छन् ।

एन आई सी एशिया बैंकले ल्याएको न्यू चमत्कारिक बचत खाता योजना अन्तर्गत ल्याएका विभिन्न खाता सुविधाहरूमार्फत ग्राहक महानुभावहरूले ३० चमत्कारिक फाइदा पाउने भएको छ ।


बैंकले यो योजना अन्तर्गत खाता खोल्दा न्युनतम ५०,००० रूपैयाँदेखी २१४,००० रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा दिएको छ । उक्त खाता खोल्ने ग्राहकले अतुलनीय तथा असिमित फाइदाहरूबाट लाभ लिन सकिनेछ । बीमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्कारिक फाइदाका साथै २५ वटा अन्य चमत्कारिक फाइदाहरू बैंकले अघि सारेको छ ।  जस्तै  २१ लाख रूपैयाँको बीमा सुविधा बैंक बाहिरबाट लिँदा भन्दा बैंकको न्यू चमत्कारिक खाताअन्तर्गत गर्दा करिब १४,००० रूपैयाँ बराबर ग्राहक महानुभावलाई फाइदा देखिन्छ । बैंकले दुर्घटना बीमा, घातक रोगहरू र मेडिकल बीमा अन्तर्गत २१ लाख रूपैयाँ बराबरको बीमा सुविधा प्रदान गरेको छ ।


बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ भने १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र १ लाख रूपैयाँसम्मको औषधी उपचार (मेडिकल) बीमाको लाभ समेत खातावालाले पाउनेछ ।


यस्तै मेडिकल बीमा अन्तर्गत अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरु बापत २० हजार रूपैयाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रूपैयाँँसम्मको पाउनेछ ।


यसैगरी खुद्रा कर्जा प्रवाह गर्दा २ चमत्कारिक फाइदाहरू छन् । खातावालालाई कर्जाको प्रशासनिक शुल्कमा २५ बेसिस प्वाइन्टसम्मको छुट प्राप्त हुनेछ भने कर्जा ब्याजदरमा विशेष सहुलियतको सुविधा दिइएको छ । यस बचत खाता हुने ग्राहकले यदि ५० लाख रूपैयाँको कर्जा उपयोग गर्दा  करिब ११३,००० रूपैयाँ बराबरको ब्याज तथा कर्जा प्रशासनिक शुल्कमा फाइदा पुग्छ ।


यसबाहेक विभिन्न खालका निशुल्क योजनाहरू जस्तै डेबिट÷क्रेडिट कार्ड, खुद्रा कर्जा प्रशासनीक शुल्कमा तथा ब्याजदरमा छुट, कुनैपनि बैंकका एटिएम मेसिनबाट रकम झिक्दा निशुल्क, लकर मार्जिन शुल्क छुट, मासिक निक्षेप सुविधा निःशुल्क, डिम्याट खाता निःशुल्क, ई–कमर्श निशुल्क, निःशुल्क होम बैंकिङ्ग, स्वीप इन–स्वीप आउट जस्ता २५ चमत्कारिक सुविधाबाट ८७,००० रूपैयाँसम्मको फाइदा हुन्छ ।

स्वीप इन–स्वीप आउट सुविधा
बैंकका बचत खाताहरूमार्फत बीमा, कर्जा र अन्य सुविधा बाहेक बैंकले नेपालमै पहिलोपटक अत्यन्त पृथक एवं लाभदायी स्वीप इन– स्वीप आउट सुविधा प्रदान गरेको छ ।

यो एक विशेष किसिमको सुविधा हो जसमा   न्यू सुपर चमत्कारिक बचत खाताहरुमा स्वतः मुद्दती खाताको लाभ प्राप्त हुनेछ । भने बचत रकममा उच्चतम ब्याज आम्दानी गर्न स्वीप इन– स्वीप आउट सुविधा अन्तर्गत बैंकले न्यू सुपर चमत्कारिक बचत खातामा २ लाख रूपैयाँभन्दा बढी रकमलाई १०,००० रूपैयाँले गुणन गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुनेछ । 

  बचत खातामा ६.५% ब्याजदर पाइरहेको ग्राहक महानुभावले मुद्धती खातामा जाने वित्तीकै ९.७५% सम्मको ब्याज पानेछ ।

बैंकले देशभर ३१९ शाखा कार्यालयहरु, ४४५ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा दिइरहेको छ ।

हालसम्म बैंकले बीमा रकम बापत देशभरका १ सय २ जना चमत्कारिक तथा सुपर चमत्कारिक खातावालाहरूलाई तीन किसिमका बीमा योजनाहरू जस्तै घातक रोग, खातावालाको दुर्घटनाबाट मृत्यु वा पूर्णरुपमा अशक्त र अस्पताल भर्ना भएबापत करिब ६० लाख रूपैयाँ बीमा रकम बैंकले उपलब्ध गराइसकेको छ ।
यसमा मेडिकल बीमा वापत ३७ लाख १२ हजार ६३ रूपैयाँ, घातक रोगहरूको लागि १५ लाख रूपैयाँ र दुर्घटना बीमा वापत ७ लाख ८६ हजार ५ सय ५६ रूपैयाँ ग्राहक महानुभावहरूले सुविधा पाउनेछ ।

ग्राहकले आफ्नो अनुकूल हुने र इच्छाएको रकम बचत गर्नका लागि यस खाता अन्तर्गत सिल्भर, गोल्ड र डायमण्ड श्रेणीका बचत योजनाहरूमा प्राप्त गर्न सक्नुहुनेछ । तसर्थ यस्ता योजनाहरूबाट ग्राहकवर्गहरूमा उत्कृष्ट सेवा प्रदान गर्न एन आई सी एशिया बैंक लागिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७