ट्रम्पका पूर्व सल्लाहकारलाई ४० महिना जेल सजाय, झुट बोलेको अभियोग


९ फाल्गुन २०७६, शुक्रबार
trump 1

काठमाडौं, ९ फागुन । अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार रोजर स्टोनलाई ४० महिना जेल र २० हजार डलर जरिवानाको सजाय सुनाएको छ ।

गएको नोभेम्बरमा अमेरिकी संसदमा ७ पटकसम्म झूटो बोलेको, काममा बाधा पुर्याएको र विभिन्न महत्वपूर्ण विषयलाई गुमराहमा राखेको अभियोग पुष्टि गर्दै अदालतले स्टोनलाई सजाय सुनाएको हो ।

सन् २०१६ मा भएको चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका ६७ वर्षीय स्टोनलाई गएको हप्ता राष्ट्रपति ट्रम्पले सल्लाहकारबाट हटाएका थिए । यसअघि पनि विभिन्न विवादमा मुछिँदा स्टोनले ट्रम्पबाट छुट पाउँदै आएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७