रग्वी खेलाडीले गरे तीन छोराछोरीसहित श्रीमतीको जलाएर हत्या


९ फाल्गुन २०७६, शुक्रबार
ragbi

सिड्नी, ९ फागुन । अष्ट्रेलियाका रग्वी खेलका एक पूर्व खेलाडीले तीन छोराछोरी र श्रीमतीको जलाएर हत्या गरेका छन् ।

४२ वर्षिय रोवन बक्स्टर उनीहरू चढेको गाडीमा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको बीबीसीले जनाएको छ । आगो लगाएपछि बक्स्टरले स्वयंलाई छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट उनको समेत मृत्यु भएको छ ।

घटनामा परी ३१ वर्षिय श्रीमती हना क्लार्कसहित उनका ६, ४ र ३ वर्षका नाबालक सन्तानहरूको ज्यान गएको अस्ट्रेलियाको प्रहरीले जनाएको छ । तीन सन्तानको घटनास्थलमा नै निधन भएको हो भने क्लार्कको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनीहरू चढेको गाडीमा पेट्रोल छर्केर आगो लगाएपछि उनीहरूको उद्धारमा गएका प्रत्यक्षदर्शीहरूलाई बक्स्टरले रोकेका थिए । पतिले घरेलु हिंसा गरेको भन्दै केही समययता क्लार्क आफ्ना तीन सन्तानसहित माइतीमा बस्दै आइरहेकी थिइन् । दुबै जनाबीच सन्तानको अभिभावकत्व कसले लिने भन्ने बारेमा विवाद चल्दै आइरहेको जनाइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७