चीनको रेन्चेङ कारागारमा फैलियो कोरोना, जेलरसहित दुई सय कैदीमा संक्रमण


९ फाल्गुन २०७६, शुक्रबार
korona

बेइजिङ, ९ फागुन । चीनले कोरोना (कोभिड–१९) संक्रमण फैलिन नदिनका लागि अनेकन उपाय लगाईरहेका बेला पूर्वी चीनको एक कारागारका कैदीमा समेत कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

चीनको सेन्डङ प्रान्तस्थित एक कारागारका दुई सय कैदीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । सेन्डङ प्रान्तीय सरकारका अनुसार स्थानीय रेन्चेङ कारागारमा रहेका दुई हजार ७७ कैदीको नमुना परीक्षण गरिएकोमा दुई सय जनामा कोरोना भाइरस संक्रमण पाइएको हो ।

यस्तै कारागारका सात सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिएको साउथ चाइन मर्निङ पोस्टले उल्लेख गरेको छ । शुरुमा त्यहाँका गार्डमा खोकी लाग्नेलगायत लक्षण देखिएको थियो । त्यसपछि सबैको परीक्षण गर्दा उल्लखित कैदी र जेलरमा समेत कोरोना संक्रमण देखिएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७