सुनको मूल्य वृद्धि फेरि नयाँ रेकर्ड, मूल्य कति ?


९ फाल्गुन २०७६, शुक्रबार
gold 1

काठमाडौं, फागुन ९ । सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। शुक्रबार छापावाला सुनको मूल्यले ७८ हजार १ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ।


बिहीबार प्रतितोला ७७ हजार ६ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले शुक्रबार ५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो। त्यसैगरी, तेजाबी सुनको मूल्य ७७ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय १५ रुपैयाँमा कायम छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।

विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ। पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरिया बीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७