बाबु हलिउडका चर्चित निर्देशक, छोरी चाँही पोर्न स्टार !


९ फाल्गुन २०७६, शुक्रबार
mikela

काठमाडौं, ९ फागुन । हलिउडका चर्चित फिल्म निर्माता एवं निर्देशक स्टिवन स्पिलबर्गकी छोरी पोर्न चलचित्रमा देखिने भएकी छन् ।

आफ्ना आमा बुबाको आर्थिक भार घटाउन भन्दै स्टिवनकी २३ वर्षीया छोरी मिकेलाले पोर्न फिल्म खेल्ने निर्णय गरेकी छन् । यो निर्णयमा आफ्ना आमा बुबा तथा हुनेवाला पतिले समेत समर्थन रहेको उनले बताएकी छन् । आफूले पोर्न फिल्म खेले पनि त्यसमा एक प्रस्तुति हुने उनले बताएकी छन् ।

चर्चित पत्रिका ‘द सन’ लाई अन्तरवार्ता दिंदै उनले आफू दिन दिनैको कामबाट थकित भएको र आत्मसन्तुष्टि पनि नमिलेकाले यो निर्णयमा पुगेको बताएकी छन् । मिकेला निर्देशक स्टिवनकी धर्मपुत्री हुन् । स्पिलवर्ग जुरासिक पार्क, डिन्डियाना जोन्स, लिङ्कन, सेभिङ प्राइभेट रायलगायत चर्चित सिनेमाका निर्माता हुन् । उनीसँग करिब २.१ बिलियन अमेरिकी डलर सम्पत्ति छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७