स्वास्थ्यमा कर्मचारीको हेरफेर, कसले पाए कहाँको जिम्मेवारी ?


९ फाल्गुन २०७६, शुक्रबार
health ministray

काठमाडौं, ९ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  ठूलो संख्यामा कर्मचारीको जिम्मेवारी हेरफेर गरेका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्तले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय अन्तर्गतका महाशाखा, स्वास्थ्य सेवा विभाग र संघ अन्तर्गतका अस्पतालका प्रमुखको जिम्मेवारी परिर्वतन गरेको छ ।

  स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी महेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ। विभागको महानिर्देशक रहेका डा रोशन पोखरेललाई मन्त्रालय ल्याएको हो। मन्त्रालयमा श्रेष्ठले सम्हाल्दै आएको समन्वय महाशाखामा नीति योजना तथा अनुगमन महाशाखाका डा विकास देवकोटा ल्याइएको छ। नीति योजनामा डा.गुणराज लोहनीलाई ल्याइएको छ।
मन्त्रालयको जनसंख्या महाशाखाको प्रमुखको रुपमा इन्द्रमणि पोखरेललाई दिइएको छ।

मन्त्री ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै बिहिबार कान्ति बाल अस्पतालको निर्देशकमा डा कृष्ण पौडेल, भेरी प्रादेशिक अस्पतालमा डा प्रकाश थापा, कोशी प्रादेशिक अस्पतालमा डा.चुमनलाल दास, राष्ट्रिय ट्रमा सेन्टरको प्रमुखमा डा सन्तोष पौडेल र वीर अस्पतालको डेप्युटी निर्देशकमा डा. रविन खड्कालाई जिम्मेवारी दिएका छन्।

सार्क क्षयरोग केन्द्रको प्रमुखको जिम्मेवारी डा अनुज भट्टचनलाई दिइएको छ। उनी यसअघि यौनरोग नियन्त्रण केन्द्रमा निर्देशकको जिम्मेवारीमा थिए। राष्ट्रिय तालिम केन्द्रको निर्देशकको जिम्मेवारी डा यदुचन्द्र घिमिरेलाई दिइएको छ।

तालिम केन्द्रमा निर्देशक रहेका मोहम्मद दाउदलाई कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सरुवा गरिएको छ। केन्द्रको जिम्वेवारी घिमिरेले हेर्दै आएका थिए। स्वास्थ्यमन्त्री ढकालले व्यवस्थापन महाशाखाको आपूर्ति व्यवस्थापन शाखाको जिम्मेवारी चुडामणी भण्डारीलाई दिएका छन्।

उनले जिम्मेवारी लिइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा सागर राजभण्डारीलाई ल्याइएको छ। राजभण्डारी क्षयरोग केन्द्रको निर्देशक थिए। अहिले उनको स्थानमा इपिडिमियोलोजी महाशाखाको प्रमुख रहेका डा विवेक लाललाई लगिएको छ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकको जिम्मेवारी डा रमेश खरेलले पाएका छन्। डा खरेल यस अघि सार्क क्षयरोग केन्द्रका निर्देशक थिए।

सरमाथा अस्पतालमा रञ्जितकुमार झा निर्देशकमा नियुक्त भएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रमुखमा डा.वासुदेब पाण्डे आएका छन् ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७