पार्टी एकता संयोजन समितिको बैठक शुरु


२५ पुष २०७४, मंगलवार
baaam

काठमाण्डौ : नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक शुरु भएको छ । कार्य दलले दिएको प्रतिवेदनका आधारमा एकता प्रक्रिया अघि बढ्ने दुई पार्टीका शीर्ष नेताबीच यसअघि नै सहमति भइसकेको छ ।baaam

दुवै पार्टीले आन्तरिक छलफल गरेपछि मंगलबार एकता संयोजन समितिको बैठक बसेको हो । एकता संयोजन समितिमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र इश्वर पोखरेल तथा माओवादी केन्द्रकातर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा शुरु भएको बैठकमा वैचारिक विषयमा एकरुपता र सांगठनिक एकताको गृहकार्य गर्न कार्यदल गठन गर्नेलगायत विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७