शिवरात्री मनाउन सहयोग उठाइरहेका बालकलाई बसले ठक्कर दिँदा मृत्यु


९ फाल्गुन २०७६, शुक्रबार
child death EOE3rzpVGc

दोलखा, ९ फागुन । शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग उठाइरहेको एक बालकको यात्रुबहाक बसको ठक्करबाट मृत्यु भएको छ ।

जिल्लाको कालिञ्चोक गाउँपालिकामा सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्करबाट स्थानीय बालक पुजन थामीको मृत्यु भएको हो ।

थामीलाई बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्न्त्रणमा लिएको छ । बालक कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ का स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७