साहसी, दुरदर्शी र प्रेरणा दिनसक्ने व्यक्ति काजी कालु पाँडे : प्रधानमन्त्री ओली


९ फाल्गुन २०७६, शुक्रबार
kaji kalu pande
sf7df8f}F, rGb|flu/L–! sf] bxrf]sdf laxLaf/ cfof]lht t];|f] O{Gb|bx ko{6g pT;jsf cj;/df sfhL sfn’ kfF8]sf] k”0f{ swsf] zflns cgfj/0f k:rft cjnf]sg ub{} k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ M gjLg kf}8]n, /f;;

काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले इतिहासको बारेमा अध्ययन गर्नुपर्ने बताएका छन् । इन्द्र दह एकीकृत पर्यटन विकास समितिको आयोजनामा आज यहाँ आयोजित ‘चौँथो इन्द्र दह पर्यटन महोत्सव’को उद्घाटन गर्दै उनले नेपालको गौरवपूर्ण इतिहासको बारेमा नयाँ पुस्ताले अध्ययन गर्नुपर्ने बताएको हो । “इतिहासको कदर र वीरताको योगदानको कदर गर्नुपर्छ,”–उनले भने ।

प्रधानमन्त्री ओलीले काजी कालु पाँडेले आफ्नो गर्दन दिएर देशलाई एकीकरणको बाटोमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । साहसी, दुरदर्शी र प्रेरणा दिनसक्ने व्यक्ति कालु पाँडे भएको उनको भनाइ थियो ।

प्रधानमन्त्रीले धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको इन्द्र दहको विकासका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले देशभरका वीरताको इतिहास झल्काउने किल्लाको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्नेमा जोड दिए । महोत्सवसँगै दहचोकको स्वरुप फेरिन थालेको उनको भनाइ थियो ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दहचोक महोत्सवको निरन्तरताका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए । उनले वाग्मती प्रदेशले पर्यटन क्षेत्रको विकासका लागि विशेष योजना अगाडि सारेको उल्लेख गरे ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले दहचोकको समग्र पर्यटनको विकासमा केन्द्रीकृत हुँदै दहचोकलाई आन्तरिक तथा बाह्य पर्यटकको महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्न पर्यटन महोत्सव आयोजना गरिएको जानकारी दिए । समितिका अध्यक्ष हरिशरण थापाले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सबै मिलेर सफल बनाउनुपर्ने बताए ।

सो अवसरमा सञ्चारकर्मी तथा समाजसेवी रोशन दानीलाई सम्मान गरिएको थियो । सरकारले नेपाल भ्रमण वर्षका लागि एक सय गन्तव्यस्थलभित्र सूचीकृत गरेको इन्द्र दह र काजी कालु पाँडेको समाधिस्थल पनि रहेको छ । उक्त क्षेत्रमा मनकामना मन्दिरसमेत रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७