कोरोना संक्रमित बिरामीको उपचार गर्दागर्दै डाक्टरको मृत्यु


९ फाल्गुन २०७६, शुक्रबार
1582286455l2eXaaRV

हुबेई, फागुन ९ । कोरोना संक्रमित बिरामीको उपचार गर्दागर्दै डाक्टर मृत्यु डा.पिङ यिनहुआको मृत्यु भएको छ ।

कोरोना संक्रमित बिरामीका उपचार गर्न आफ्नो विवाह नै स्थगित गर्ने २९ वर्षीय डाक्टरको मृत्यु भएको छ। चीनमा महामारीझैं फैलिएको कोरोनाको संक्रमणका कारण स्वास्थ्यकर्मीहरू यस रोगको नियन्त्रण गर्न लागिपरेका छन्। 

त्यस्तै, हुबेई प्रान्तमा रहेको अस्पतालमा कार्यरत डा. पिङ यिनहुआले कोरोनाबाट संक्रमित बिरामीहरुको उपचार गर्न आफ्नो विवाह नै स्थगित गरेका थिए। तर पछि बिरामीको उपचार गर्दागर्दै उनी नै संक्रमित भए। जसको कारण गत बिहीबार राति उनको मृत्यु भयो।


चिनियाँ स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य एजेन्सीहरूसँग डा.यिनहुआलाई शहीद घोषणा गर्न आग्रह गरेका छन्। साथै उनको परिवारलाई सहयोग गरिदिन समेत आग्रह गरे। 

१ हजार ७ सय १६ स्वास्थ्यकर्मीहरूमा पनि कोरोनाको संक्रमण देखिएको नेसनल हेल्थ कमिसनले बताएको थियो।डा।यिनहुआको मृत्युपछि चीनमा स्वास्थ्यकर्मीहरूको मृत्यु हुने संख्या नौ पुगेको हो। कोरोनाबाट अहिलेसम्म चीनमा २ हजार २ सय ३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ४ सय ६५ जना संक्रमित भएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७