ओली आजै राति थाइल्याण्ड उड्दै


२५ पुष २०७४, मंगलवार
oli

काठमाण्डौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजै (मंगलबार) राति नै उपचारका लागि थाइल्याण्ड प्रस्थान गर्ने भएका छन् । ओली राति १२ः३० बजे थाइल्याण्ड जाने समय तय भएको छ ।oli

मृगौलासम्बन्धी रोगबाट पीडित ओली प्रत्यके ६ महिनामा उपचारका लागि थाइल्याण्ड पुग्ने गरेका छन् । आजको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकताको छलफल सकेर उनी थाइल्याण्ड जान लागेका हुन् ।

झाडा पखालाका कारण बिरामी परेका ओली केही समयता बालकोटस्थित निवासबाट बाहिर निस्किएका छैनन् । उनले पार्टीको बैठक र राजनीतिक भेटघाट समेत निवासमै गर्दै आएका छन् । ओलीले उपचारका लागि झण्डै एक साता थाइल्याण्डमा बिताउने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७