सेनाद्वारा बम निस्क्रिय, बम निस्क्रिय गर्दा चर्कियो घर


१० फाल्गुन २०७६, शनिबार
bomb

मार्तडी, १० फागुन । बाजुराको बडीमालिका नगरपालिका–९ मा रहेको पीसविन बाजुराको कार्यालय र रेडियो बाजुराको नजिकै राखिएको बम समरजीत गुल्मका सेनाले निस्क्रिय पारेको छ ।

शुक्रबार राति अज्ञात समूहले रेडियो बाजुरा नजिक कालो झोलामा बेवारिसे अवस्थामा राखिएको बम आज सेनाले निस्क्रिय गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए ।

रेडियोको नजिकै राखिएको प्रेसर कुकर बम सोही ठाउँमा निस्क्रिय पार्दा धर्म रोकायाको घर समेत चर्केको उनले जानकारी दिए । उनका अनुसार बम कसले राखेको भन्ने बारेमा अनुसन्धान भइरहेको छ । बम राखेको थाहा भएपछि स्थानीय त्रसित बनेका हुँदा खोजी कार्यमा प्रहरी लागेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७