भारतमा बस दुर्घटनामा मृत्यु हुने इटहरीबासीको संख्या १० पुग्यो (नामसहित)


१० फाल्गुन २०७६, शनिबार
bus accident india itahari

काठमाडौं, १० फागुन । इटहरीबाट तीर्थयात्राका लागि भारत गएको बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

गत माघ २३ गते तीर्थयात्रामा गएका इटहरीबासी चढेको बस भारतको सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा इटहरी–१०, ११ र १२ का १० जनाको ज्यान गएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा ५६ वर्षका गोपाल तामाङ, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम चौधरी, ७० बर्षीय रसिलाल चौधरी, ६६ बर्षीया बुधनी थरुनी, ६५ बर्षीया फूलसरीदेवी चौधरी छन् ।

यस्तै ६५ बर्षीया मञ्जु राई, पवनलाल चौधरी, भजनलाल चौधरी र केदार चौधरीको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश–१ ले जानकारी दिएको छ ।

३४ जना सवार रहेको मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने बाँकी घाइतेहरूको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७