विश्व अर्थतन्त्रका लागि चुनौति बन्दै कोरोना भाइरस, नेपालमा कस्तो असर ?


१० फाल्गुन २०७६, शनिबार
krishna vakta dulal

काठमाडौं, १० फागुन । कोरोना भाइरसको असरले कच्चा तेलमा १५ प्रतिशतसम्म माग कम भएको छ । जुन सन् २००० पछिको ठूलो घटना हो । यस्तै तीन हप्ता पहिले तामामा संसारभरीको मागको १३ प्रतिशतसम्म कमी आएको थियो । हाल पनि ६ प्रतिशतसम्म तामाको मागमा कमी नै रहेको छ जुन विश्व अर्थतन्त्रको लागि ठूलो चुनौती हो ।

नेपाली अर्थतन्त्रमा कोरोना भाइरसको असर
२० बर्ष अगाडि नै एशियाको शक्ति भनेर चिनिएको चीन अहिले विश्व शक्तिवान राष्ट्रमा दरिएको छ । यदि यसको अर्थतन्त्र बिग्रियो भने नेपालको अर्थतन्त्रमा असर नपर्ने कुरै भएन । नेपालको पर्यटनमा चिनियाँ पर्यटकले करिब १६ प्रतिशत हिस्सा योगदान दिंदै आएका छन् । अहिले नेपालको पर्यटनमा कोरोना भाइरस असर र प्रभाव देखिएको छ । नेपालमा आउने १६ प्रतिशत भन्दा बढी चिनियाँ पर्यटक यो बर्ष २० प्रतिशतमा झर्ने अनुमान हुन थालेको छ । भ्रमण बर्ष २०२० लाई कोरोना भाइरसले ठूलो झट्का दिने देखिएको छ ।

प्रत्यक्ष–अप्रत्यक्ष रुपमा ७.५ प्रतिशत जिडिपी ओगटेको नेपालको पर्यटन क्षेत्रमा करिब ५ औं भाग चिनियाँ पर्यटकको भएकाले नेपालको जिडिपीमा तीन महिनाका लागि दुई प्रतिशतसम्म घाटा हुनु स्वभाविक कुरा नै हो । जसले गर्दा प्रत्यक्ष रुपमा १०० मिलियन डलर भन्दा बढी र अप्रत्यक्ष रुपमा २२० मिलियन डलर भन्दा बढी हिस्सा ओगट्ने पर्यटन व्यवसायमा कोरोना भाइरसले गर्दा ४० देखि ५० मिलियन डलर घाटा व्यहोर्नु पर्ने देखिन्छ ।
कोरोना भाइरसले नेपालको अर्थतन्त्रलाई जीभीए (ग्रेस भ्यालु एडेड) मा यो बर्ष ३ देखि ४ प्रतिशतसम्म असर गर्ने देखिन्छ । चीनमै व्यापार व्यवसाय बन्द रहेका बेला नेपालले आयात वा केही मात्रामा भए पनि निर्यात गर्ने अवस्थामा अवरोध सिर्जना भएको छ । कोरोना भाइरस नियन्त्रण भइ नसकेका कारण यसको असर नेपालमा कहिलेसम्म देखिन्छ भन्ने कुरा पनि अनिश्चित छ ।


अर्थतन्त्रको हिसाबले विश्वकै प्रमुख ६ देशभित्र पर्ने दुई देश भारत र चीनका बीचमा नेपाल रहेकाले यदि यी देशमा अर्थसम्बन्धी कुनै असर परेमा नेपालमा पनि त्यसको असर सोझो रुपमा पर्ने गर्छ । समयमै सम्बन्धित निकायहरु, संस्थाहरु, र व्यक्तिहरुले सरकारलाई उचित सुझाव नदिएको खण्डमा चीनबाट शुरु भएको कोरोना भाइरले विश्व अर्थतन्त्रमा पार्ने प्रभावले नेपालको अर्थतन्त्र पनि अछुतो रहन सक्दैन । यसले नेपालको अर्थतन्त्रलाई ठूलो झट्का दिन सक्दछ ।

विश्व अर्थतन्त्रमा कोरोनाले पारेको असर

चीनका अधिकांश सहरहरुको बाटामा अत्यावश्यक सामाग्री वोक्ने सवारीसाधहरुबाहेक अरु नचल्नाले इन्धनको खपटमा १८ प्रतिशतको कमी आउनु तथा हवाई ईन्धनको खपतमा २१ प्रतिशतको मागमा कमी हुनाले पेटोल निर्यातक राष्टहरुको संघ (ओपेक) र रुसले आफना खानीहरुमा कामदार घटाएर ईन्धन उत्पादन घटाउने कि ईन्धनको मूल्य कम गर्ने भनी बहस नै गरे । र हालसम्म पनि गर्दै छन् ।

विश्वको १९ प्रतिशत भन्दा बढी अर्थतन्त्र बोकेको चीनमा यदि आप्नो आर्थिक बृद्धिदर १ प्रतिशत कम हुन्छ भने यसको असर संसारमा ०.२ प्रतिशतले पर्दछ भन्ने सबैले बुझेको कुरा हो । यदि चीनले २ ट्रिलियन अमेरिकी डलर बराबरको सामान कम उत्पादन गर्दछ भने यो भनेको हाम्रो छिमेकी देश भारतको जिडिपीको ७० प्रतिशत बराबर हो । यो मामिलामा विश्व जानकार नभएको होइन तर पनि विश्व अर्थतन्त्रमा कोरोना भाइरसले ठूलो असर गरेको छ भनी केही मुलुक पत्याइरहेका छैनन् ।
पर्यटन क्षेत्रको मात्र अध्ययन गर्ने हो भने चिनियाँं पर्यटकको कमीले संसारभर ठूलो असर गर्दछ । कोरोना भाइरसले गर्दा ५५ प्रतिशत चीनियाँ पर्यटकले विदेश नजाने निधो गरी टिकट रद्द गरिसकेका छन् ।

यसको झट्का विश्व पर्यटनको अर्थतन्त्रमा नै पर्ने देखिन्छ । पर्यटन व्यवसायले १८ प्रतिशत जिडिपी ओगटेको कम्बोडियामा चीनका पर्यटकले मात्र ६ प्रतिशत जती जिडिपीमा योगदान गर्दछन । जुन अहिले विगत ५ हप्तादेखि ठप्प नै छ । यस्तै ११ प्रतिशत भन्दा बढी पर्यटन व्यवसायले जिडिपी धानेको थाईल्याण्ड र हङकङमा चीनका पर्यटकले मात्रै क्रमश  ४ र ७ प्रतिशत जती जिडिपीमा सहयोग गर्दछ । यस्तै मलेसिया, सिंगापुर, श्रीलङ्का, ताईवान, भियतनाम, फिलिपिन्स, ईन्डोनेसिया र दक्षिण कोरियामासमेत चीनका पर्यटकले सम्पूर्ण जिडिपीको १ देखि २ प्रतिशतसम्म प्रभाव पार्ने देखिन्छ । यी पूर्वीय दक्षिण एसियाका देशहरु पर्यटनका लागि प्रख्यात छन् र करिब ४ देखि ६ प्रतिशत जिडिपी पर्यटनबाट नै अर्थतन्त्र धान्दै आएका छन् । यसरी संसारभरि नै चिीनयाँ पर्यटकले उल्लेखनीय रुपमा योगदान गरेको देखिन्छ । जसले गर्दा करिब २ दर्जन भन्दा बढी देशमा कोरोना भाइरसको ठूलो असर परेको छ । थाईल्याण्डले मात्रै यस बर्ष १५० मिलियन डलर पर्यटनमा कमी हुन्छ भनी अनुमान गरिसकेको छ ।


यस्तै जीभीए (ग्रस भ्यालु एडेड) हेर्दा चीनले भियतनामको ६ प्रतिशत व्यापार, ताईवानको १७ प्रतिशत, मलेसियाको १० प्रतिशत, दक्षिण कोरियाको १० प्रतिशित, थाईल्याण्ड र सिंगापुरको १० प्रतिशत भन्दा बढी, चिलीको ७ प्रतिशत, दक्षिण अफ्रिका, अष्ट्रेलिया, पेरु, दक्षिण अरेविया आदी देशमा ५ प्रतिशतसम्म व्यापार हिस्सा साझेदार गरिरहेको छ । विश्वभरीका करिब १३० देशमा सानो ठूलो असर परेकै छ तर हाल दुई दर्जन भन्दा बढी देशमा व्यापारको ठूलो असर परेको देखिन्छ ।
वुहानमा कृष्ण भक्त दुवाल पीएचीडीमा अध्यानरत इन्जिनियर र शेरजंग बहादुर चन्द अर्थशाश्त्री हुन् ।


कृष्ण भक्त दुवाल वुहानमा  पीएचीडीमा अध्यानरत इन्जिनियर र शेरजंग बहादुर चन्द अर्थशाश्त्री हुन् ।


 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७