चलचित्र इन्काउन्टर’ को लभ गीत रिलिज


१० फाल्गुन २०७६, शनिबार
encounter

काठमाडौं, ११ फागुन । चलचित्र ‘इन्काउन्टर’ को लभ गीत रिलिज भएको छ । जानु काम्वाङ लिम्बुको शब्द तारा प्रकाश लिम्बुको संगीतमा मेलिना राईको स्वर रहेकाे गीतलाई सुन्दर लावतीले कोरियोग्राफर गरेका हुन् ।   

ओएसआर डिजिटलबाट रिलिज गरिएको आईलभयु बोलको उत्त गीतमा फुर्वा दोर्जे तामाङ र साबित्रा थिङको फिचरिङ रहेको छ । उक्त गीतलाइ मलेशिया सिंगापुर लगायतका स्थानमा छांयाकन गरिएको निर्देशक एन बी अन्जानले बताए । 

‘इन्काउन्टर’ चलचित्रलाइ भने थाइलेण्ड, मलेशिया, सिंगापुर, इन्डोनेशिया, बर्मा र नेपालका विभिन्न ठाउँमा छायाङकन गरिएको कार्यकारी निर्माता कुमार ओझाले बताए ।

चैत्र १४ गते नेपालमा रिलिज हुने चलचित्रको नेपाल रिलिज अगाबै मलेशिया, युरोप, कोरिया, जापान, हङकङ लगायतका देशहरुमा च्यारिटि गरिने निर्माण पक्षले जनाएको छ ।

वरिष्ठ पत्रकार कृष्ण भट्टराईको संबाद रहेको इन्काउन्टरको लेखन तथा निर्देशन नरेन्द्र भट्टराई (एन बी अन्जान)को रहेको छ । चलचित्रलाई कुमार ओझा, कबिभक्त क्षेत्री लगायतले निर्माण गरेका हुन् ।

इन्काउन्टरमा दिनेश डिसि, सबिन श्रेष्ठ, छुल्ठिम गुरुङ, दिनेश खड्का, फुर्वा दोर्जे तामाङ, दिपक क्षेत्री, बि एस राणा, शुशिल पोखरेल, सुबास गजुरेल, सुनिल कटुवाल, बिपना बस्नेत, ध्रुव श्रेष्ठ, साबित्रा थिङ, राजन गुरुङ, सुरेश थापा दर्शने, बिनोद राई घ्याम्पे सुब्बा, सारदा अधिकारी काली बुढी, राधिका लगायतको दमदार अभिनय रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७