देउवा सरकारमा किन मिल्दैन मन्त्रीको मुख ?


२५ पुष २०७४, मंगलवार
bb

बिराटनगर : स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवाले अबको मन्त्रिपरिषद वैठकले प्रदेशको राजधानी र प्रदेश प्रमुख तोक्ने बताइरहेका बेला सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भने सहमति बिना कुनै काम अघि नबढ्ने बताएका छन् ।bb

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रदेशको राजधानी तोक्ने विषयमा सरकार पछाडि हटेको बताएका छन् । सरकारका प्रबक्ता मन्त्री बस्नेतले मन्त्रिपरिषद्को बैठकबाट प्रदेश प्रमुख तोक्ने भए पनि प्रदेशको राजधानी भने नतोकिने जानकारी गराएका छन् । विराटनगरमा मंगलबार आयोजित शैलजा आर्चाय स्मृति पत्रकारिता पुरस्कार तथा रामप्रसाद मायादेवी पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री बस्नेतले वाम गठवन्धनले प्रदेशको मुकाम तोक्ने बारेमा सहमति नदिएका कारण सरकार प्रदेश मुकाम तोक्ने विषयमा पछि हटेको बताएका छन् ।

‘प्रदेश मुकाम तोक्ने काममा तत्काल सावधान हुन जरुरी छ, नत्र यो विषय अझ पेचिलो बन्दै जाने देखिन्छ’–उनले भने–‘यसलाई दलीय सहमतिबाट चाँडो भन्दा चाँडो यो विषय मिलाउनु पर्छ ।’ उनले थपे–‘दलीय सहमतिमा प्रदेश मुकान तोक्न सरकार तयार छ, त्यस विषयमा वाम गठवन्धनको सहमति आवश्य छ ।’ मन्त्री बस्नेतले प्रदेशको मुकाम तोक्ने विषयमा अन्यौल बढ्दै गए समस्या थप जटिल बन्दै जाने दावी समेत बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७