प्रि-मनसुन शुरु, चट्याङसहित वर्षा र हिमपातको सम्भावना

हिमाली भेगका बासिन्दा र पदयात्रीलाई सतर्क रहन आग्रह


१२ फाल्गुन २०७६, सोमबार
raining

काठमाडौं, १२ फागुन । नेपालमा प्रि–मनसुन शुरु भएको छ । प्रि–मनसुन शुरुवातसँगै आज (सोमबार) देशका अधिकांश पहाडी भेगमा मेघ गर्जनसहित बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद राजु प्रधानाङ्गले बताएका छन् । यस्तै सोमबार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात समेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशका मध्य तथा पूर्वी पहाडका केही ठाउँमा पानी पर्ने र बाँकी ठाउँमा आंशिकदेखि सामान्य बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबको तीन दिनसम्म बादल लाग्ने, सामान्य पानी पर्ने र घाम लाग्ने क्रम चलिरहने जनाइएको छ । देशका मध्य तथा पूर्वी भू–भाग साथै पश्चिमी पहाडी भू–भागका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७