गगनलाई दिने भनिएको कांग्रेस पार्टी प्रवक्ताको जिम्मेवारी विश्वप्रकाशलाई
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा युवा नेता विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका संयोजक गोविन्द परियारले शर्मालाई पार्टीको प्रवक्तामा नियुक्त जानकारी दिएका छन् ।
झापा १ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए। यसअघि प्रवक्ताको जिम्मेवारी थापालाई दिने चर्चा थियो । थापालाई पार्टीको प्रवक्ताको जिम्मेवादरी दिइएको भन्दै कांग्रेसकै नेता तथा कार्यकर्ताहरुले बधाई समेत दिएका थिए । प्रवक्ताका लागि प्रकाशशरण महत, बालकृष्ण खाँड र एनपी साउदको पनि दाबीदारी थियो । तीनै जना पार्टी सभापति शेर बहादुर देउवाका बिश्वासपात्र नेताहरु हुन् ।
२०७२ फागुनमा काठमाडौंमा १३औं महाधिवेशन भए पनि दुई वर्षपछि सभापति देउवाले पदाधिकारीजत्तिकै हैसियत हुने प्रवक्ता मनोनित गरेका हुन् । नेविसंघका पूर्व सभापति शर्मा कांग्रेसका निर्वाचित केन्द्रीय सदस्य हुन् ।