न्युजिल्याण्डसँग भारत १० विकेटले पराजित


१२ फाल्गुन २०७६, सोमबार
india vs new zealand test 2

काठमाडौं, १२ फागुन (एजेन्सी) ।  न्युजिल्यान्डसँगको पहिलो टेष्ट क्रिकेटमा भारत १० विकेटले पराजित भएको छ ।  पहिलो इनिङमा १ सय ६५ मा अलआउट भयो । जवाफमा न्युजिल्यान्डले कप्तान विलियमसनको ८९ रनको मदतले ३ सय ४८ रन बनाएको थियो ।

चौथो दिनको खेलमा भारत दोस्रो इनिङमा १ सय ९१ रनमा नै अलआउट भएपछि न्युजिल्यान्डले मात्र ९ रनको लक्ष्य पाएको थियो । लक्ष्य मात्र १० बलमा पूरा गर्दै न्युजिल्यान्डले सहज जित दर्ता गर्यो ।

भारतका लागि अजिन्क्या रहाने २९ रन बनाए भने हनुमा विहारी १५ रनमा बोल्ड भए । आश्विन ४ रन तथा ऋषभ पन्तले २५ रन जोड्दै क्याचआउट भए भने जस्प्रित बुमारहले खाता खोल्न सकेनन् । न्युजिल्यान्डका लागि साउथीले ५ तथा ट्रेन्ट बोल्टले ४ विकेट हात पारे ।

भारतलाई अलआउट गर्न न्युजिल्यान्डका लागि टिम साउथीले ५ तथा ट्रेन्ट बोल्टले ४ विकेट लिए ।   टिम साउदी खेलको म्यान अफ दि म्याच घोषित भए ।

जितसँगै २ खेलको टेस्ट सिरिजमा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७