बैंक अफ काठमाण्डूको ‘BOK सहज बचत खाता’ सार्वजनिक


१२ फाल्गुन २०७६, सोमबार
BOK Advert 1

काठमाडौं, १२ फागुन । बैंक अफ काठमाण्डू लिमिटेडले ‘BOK सहज बचत खाता’ सार्वजनिक गरेको छ । बैंकले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहकको उच्चतम् लाभलाई मध्यनजर गर्दै उक्त खाता संचालनमा ल्याएको हो ।

“२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खाता ग्राहकले रु २५ मा नै खोल्न सक्नेछ । उक्त बचत खातामा उच्चतम ब्याजदरको ब्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरु छन् ।

उक्त बचत खातामा वार्षिक ६% ब्याजदर, न्यूनतम् मौज्दात रु २५ मात्र, त्रैमासिक ब्याज भुक्तानीको सुबिधा र पहिलो वर्ष निःशुल्क डेबिट कार्डको ब्यवस्था रहेको छ ।

यस्तै पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको ब्यवस्था र पहिलो वर्ष निःशुल्क इन्टरनेट बैंकिङ्ग ब्यवस्था विशेषता रहेको छ ।

उक्त खाताले ग्राहकहरुको जीवन अझ सहज बनाउने बिश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७