भक्तपुरमा मिनी ट्रकको ठक्करबाट बालकको मृत्यु


१२ फाल्गुन २०७६, सोमबार

भक्तपुर, १२ फागुन । भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा ३ क ३५८८ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा एक पैदल यात्री बालकको मृत्यु भएको छ ।

ठक्करबाट भक्तपुर–१० कमलविनायक बस्ने ११ वर्षीय तिलक मकाजूको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।

मिनी ट्रकको ठक्करबाट घाइते भएका मकाजूको जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरमा उपचार हुन नसकेपछि बी एन्ड बी अस्पताल ग्वार्को ललितपुर लगिएकामा उपचारकै क्रममा गए राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने सवारीसाधन र सवारी चालक रोल्पा रुम्तीगढी गाउँपालिका–१ घर भई हाल सूर्यविनायक–१० भातेढिकुर बस्ने २६ वर्षीय सुरेश मगरलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७