सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?


१२ फाल्गुन २०७६, सोमबार
gold

काठमाडौं, १२ फागुन । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी छ । आज (सोमबार) नेपाली बजारमा सुनको भाउले अहिलेसम्मकै महँगो हुँदै नयाँ रेकर्ड बनाएको छ ।
सोमबार सुनको मूल्य ८० हजार नाघेको छ । आज छापावाला सुनको मूल्यले ८० हजार ३ सयमा पुगेर अहिलेसम्मकै रेकर्ड तोडेको छ ।

आइतबार प्रतितोला ७८ हजार ८ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले सोमबार एकैदिन १५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो । त्यसैगरी तेजाबी सुनको मूल्य ८० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँमा कायम छ । अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको सुन सोमबार बढेर प्रतिऔंस १६ सय ६१ अमेरिकी डलरमा पुगेको छ ।

चीनमा फैलिएका कोरोना भाइरसको कारण आर्थिक क्षेत्रमा असर परेकोले यसको प्रभाव अन्तर्राष्ट्रिय आर्थिक क्षेत्रमा देखिएको विश्लेषकहरुले बताएका छन् । विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ ।

पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरिया बीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ । यस्तै अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले सुनको मूल्य अझै बढ्ने बताइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७