प्रहरीका सईले बर्दीमै ‘टिकटक’ बनाएपछि…


१२ फाल्गुन २०७६, सोमबार
police

काठमाडौं, १२ फागुन । प्रविधिको पहुँच बढेसँगै अहिले सामाजिक सञ्जालमा विभिन्न किसिमका खुराकहरु भेट्न सकिन्छ । जसमध्येको एक हो ‘टिकटक’ पनि । विभिन्न हाउभाउ गरेर हालिने टिकटक अहिले मनोरञ्जनको खुराक बन्ने गरेको छ ।

अहिले टिकटकलाई अहिले युवाहरुले मात्र होइन, विभिन्न उमेर र विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रयोगमा ल्याएका छन् । तर, यहि टिकटकका कारण नेपाल प्रहरीका एक प्रहरी नायव निरीक्षक (सई) लाई भने समस्या परेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा ‘टिकटक’ भिडियो बनाएपछि नेपाल प्रहरीका सई रत्नबहादुर थापा कारबाहीका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएका छन् ।

भक्तपुर सुडालमा कार्यरत सई थापा र एक महिलाले प्रहरी पोसाकमै पेस्तोल बोकेर ‘टिकटक’ बनाएका थिए । महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले आइतबार सई थापाविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी दिएका छन् ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीका अनुसार ती महिला प्रहरी हुन् वा होइनन् भन्नेबारे अनुसन्धानबाट खुल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७