ग्लोबल आइएमई बैंकले दियो बीमा वापतको ५ लाख


१२ फाल्गुन २०७६, सोमबार
1582545087globalimebank

काठमाडौं, फागुन १२ । ग्लोबल आइएमई बैंकले पानीपोखरी शाखामा कारोबार गर्दै आएका स्व। राजु गिरीको सडक दुर्घटनामा मृत्यु भएकोले विमितले पाउने रकम निजको परिवारलाई प्रादन गरेको छ।

नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आएका स्व. गिरीको परिवारलाई ५ लाखको चेक प्रदान गरिएको हो।

ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले स्व. गिरीको परिवारलाई बीमा वापतको रकम प्रदान गरे।

बैंकले हालसम्म २७० शाखा, ३७ राजश्व संकलन तथा एक्सटेन्सन काउन्टर, २५६ एटिएम तथा २४९ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधिरसम्पर्क कार्यालयमार्फत सेवा दिदैं आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७