ज्योति मगरको नाचले महेन्द्रनगर महोत्सवमा लाठीचार्ज, पाँच जना पक्राउ


१३ फाल्गुन २०७६, मंगलवार
jyoti magar 960x640 1

महेन्द्रनगर, १३ फागुन । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव–२०७६ का क्रममा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

गायिका ज्योति मगर स्टेजमा नाचिरहँदा उत्तेजित युवाहरुको समूहले होहल्ला गर्दै मञ्चमै चढ्ने प्रयास गरेपछि मेलामा झडपको स्थिति आएको स्थानीयले जानकारी दिएका छन् ।

सोमवार चर्चित गायिका ज्योति मगर, गायक सुरेश चोखाल, बेली डान्सर बिनु शाक्यको प्रस्तुति थियो । ज्योति मगरको प्रस्तुतिका बेला होहल्लाका साथै उच्श्रृंखल गतिविधि भएको हो ।

उत्तेजित भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको छ । त्यसक्रममा केही युवा घाइते भएका छन् । झडपमा तीन प्रहरी समेत घाइते भएका प्रहरीले जनाएको छ ।

महोत्सवमा उच्श्रृंखल गतिविधि गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिएका छन् । पक्राउ पर्नेमा भुवन विष्ट, २२ वर्षीय महेन्द्र बुढा, २१ वर्षीय दिलिप विष्ट, २३ वर्षीय अभिसेक खड्का र २४ वर्षीय भुवन विष्ट छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७