बेलबारीको अनुसन्धान विभाग अन्तर्गत रहेको वन अब स्थानीयको हातमा


२५ पुष २०७४, मंगलवार
ban hastantaran वन हस्तान्तरण 2

मोरङ : बेलबारी नगरपालिकामा रहेकाे अनुसन्धान तथा सर्वेक्षण विभागकाे वन अमना सिसैली सामुदायिक वनलाई हस्तान्त्रण गरेको छ । २०५९ सालदेखि बबरमहल काठमाण्डौँ शाखाको रूपमा स्थापना भएको बेलबारीको वडा नं. ३ मा अवस्थित अनुसन्धान तथा सर्वेक्षण विभाग अन्तर्गत रहेको वन २५ वर्ष पछि मङ्गलवार हस्तान्तरण गरेको हो ।ban hastantaran वन हस्तान्तरण 2
कार्यक्रममा वन अनुसन्धान तथा सर्वेक्षण विभागका उपमहानिर्देशक मगनाथ काफ्ले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले विशेष गरी क्यासिया स्यामिया र बाँसको अनुसन्धानको कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालको लागि बाँस प्रजाति बहुउपयोगि प्रजाती भएको र उत्पादनको लागि बेलबारीको माटो धेरै अनुकूल रहेकाले यसको उत्पादनमा ध्यान दिए समुदायलाई राम्रो आर्थिक आम्दानी दिने काफ्लेले बताए ।
बेलबारीमा उत्पादन गरेकोे विभिन्न बाँसका प्रजातीहरु अन्य स्थानमा उत्पादन गर्न गारो भएकाले बेलबारीलाई बाँस अनुसन्धान केन्द्रको रूपमा नै मान्न सकिन उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी सेक्टर वनका प्रमुख सत्रुघन लालदेनले पनि बाँसको प्रजाती बहुउपयोगी भएकोले उत्पादनमा वृद्धि गर्नु पर्ने बताए । बाँसको व्यवसायको लागि, लालदेनले विभिन्न बाँसको सामाग्री निमार्ण गर्न तामिल प्रदान गर्न सहयोग गर्ने बताएका छन् ।
कार्यक्रम बेलबारी अमना सिसैली सामुदायिक वनका अध्यक्ष लीला आर्चायको अध्यक्षतामा सम्पन्न भएको हो ।

ban hastantaran वन हस्तान्तरण 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७