मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान लिएको हेलिकप्टर दुर्घटनाको खुल्यो ६ कारण


१३ फाल्गुन २०७६, मंगलवार
Rabindra Adhikari minister of culture tourism and civil aviation 1 768x526 1

काठमाडौं, १३ फागुन । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी ताप्लेजुङको पाथिभरामा भएको हेलिकप्टर दुर्घटनाको एक वर्षपछि बल्ल कारण पत्ता लागेको छ ।

आयोगले दुर्घटना हुनुका ६ कारण बताएको छ । त्यसमा प्रतिकूल मौसम, अघिल्लो सिटमा क्षमताभन्दा बढि लोड (भार) र विग्रँदो मौसमका कारण त्यहाँ रहेका व्यक्तिहरु छिटोभन्दा छिटो त्यहाँबाट निस्कने चिन्ता बताइएको छ ।

यस्तै विन्डसिल्डको बाहिरीभागमा हिउँ जमेका कारण बाहिरी दृष्य (भिजिबिलिटी) कम हुनु, संस्थाको पर्याप्त संचालन निगरानीको कमी र उडान पूर्वको तयारीमा कमी तथा व्यक्तिहरुको लोड आँकलनको कमीलाई पनि दूर्घटना निम्त्याउने कारणको रुपमा बताइएको छ ।

Rabindra Adhikari accidnet

प्रतिवेदनमा भनिएको छ–उक्त दुर्घटना पाइलट अति उत्साहित भएका कारण हुनसक्ने छानविन आयोगले निचोड निकालेको छ । ‘प्रतिकूल मौसमबीच पाथिभराको हेलिप्याडबाट उडान गर्ना साथ पाइलट अति उत्साहित अवस्थाबाट प्रभावित भएको हुनसक्ने देखिन्छ ।

दुर्घटनाको प्रमुख सम्भावित कारणबारे प्रतिबेदनमा उल्लेख गरिएको छ– पाइलटले तुरुन्तै जोडसँग आएको हावाको झोक्का र हिमपातले उनलाई मौसमको प्राविधिक जानकारीका आधारमा मात्र उडान गर्नुपर्ने अवस्थामा पुर्‍याउँछ । त्यहाँको अवस्थागत जानकारी र हेलिकप्टरको नियन्त्रण उनले गुमाउँछन् र अन्ततः जमिनमा बजारिन्छ ।

सरकारले गत वर्ष यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठन गरेको आयोगले सो प्रतिवेदन आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई बुझाएको हो । समितिमा व्रिगेडियर जनरल दीपकप्रसाद बास्तोला र अवकाशप्राप्त पाइलट कर्णेल प्रमोदकुमार लामा सदस्य थिए भने बुद्धिसागर लामिछाने सदस्य सचिव थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७