दिल्ली हिंसा : प्रहरीसहित सातको मृत्यु, दर्जनौं घाइते


१३ फाल्गुन २०७६, मंगलवार
Delhi6

नयाँदिल्ली, १३ फागुन । भारतमा विवादास्पद नागरिकता संशोधन कानुनको विषयलाई लिएर भएको विरोध प्रदर्शनमा प्रहरीसहित सात जनाको मृत्यु भएको छ ।

सोमबार साँझसम्म तीन जना सर्वसाधारण र एक प्रहरीसहित चार जनाको मृत्यु भएको थियो । मंगलबार बिहानदेखि भड्किएको हिंसा अन्य तीन जनाको मृत्यु भएको जिटिबी अस्पताललाई उधृत गर्दै बिबिसीले जनाएको छ । मृतकको बारेमा थप विवरण भने सार्वजनिक गरिएको छैन । अस्पताल स्रोतका अनुसार प्रदर्शनमा दर्जनौं घाइते भएका छन् ।

delhi 1
तस्विर : रोयटर्स

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमै रहेको समयमा सोमबार दिल्लीमा प्रदर्शन चर्किएको थियो । गत वर्ष पारित भएको नयाँ नागरिकतासम्बन्धि कानुनले भारतका मुस्लिमहरुलाई विभेद गरेको भन्दै त्यहाँ विरोध प्रदर्शन भइरहेको छ ।

मुस्लिम समुदायको बाहुल्यता रहेको दिल्लीको उत्तरपूर्वी क्षेत्रमा पछिल्लो समय आइतबारबाट प्रदर्शन सुरु भएको हो । प्रदर्शनकारीले एम्बुलेन्सलगायतका सवारीसाधनमा तोडफोड तथा आगजनी गरेका छन् ।

ट्रम्पसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वार्ता तयारी गरिरहँदा राजधानी दिल्लीका केही भागमा तनाव बढेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७