अाजकाे राशिफल, वि.सं. २०७४ साल पुस २६ गते।


प्रकाशित मिति : January 10, 2018

वि.सं. २०७४ साल पुस २६ गते। बुधबार। इश्वी सन् २०१८ जनवरी १० तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– नवमी, २१:०९ बजेउप्रान्त दशमी। नक्षत्र– चित्रा, ७:२७ बजेउप्रान्त स्वाती। योग– सुकर्मा, ९:३९ बजेउप्रान्त धृति। करण– तैतिल, ८:५५ बजेदेखि गर, २१:०९ बजेउप्रान्त वणिज। आनन्दादिमा काल योग। चन्द्रराशि– तुला। काठमाडौंमा सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२५ बजे र दिनमान २६ घडी ०८ पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक ठाउँमा धन खर्च होला । घर परिवारमा झै–झमेलाको अवस्था आउला । यर्थको यात्रा रहला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विद्या र बुद्धिके विकास हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) न्यायिक कार्यमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो होला । अलंकारको प्राप्ति, नयाँ वस्त्र पाईनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) इनाम र प्रतिष्ठा कमाउने वेलाछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सरकारी निकाएबाट सहयोग मिल्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । नजिकका व्यक्ति बाट धोका पाइएला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) जोश जाँगर र हिम्मत वढ्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिने छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शिक्षामा सफलता पाइएला । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आकस्मिक धनलाभ हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सजिलै अरुको बिश्वास जित्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साहशिकता बाट धनार्जन होला । बिश्वास गरेकाले साथ दिनेछन् ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । बैदेशिक कार्य अघी बढ्नेछ । शुभ समाचार पाइएला ।

प्रतिक्रिया दिनुहोस्