ओपोको फाइभजी फ्ल्यागशिप सार्वजनिक हुँदै


१३ फाल्गुन २०७६, मंगलवार
1582626602oppo

काठमाडौं, फागुन १३ । ओपोले आफ्नो नयाँ फाइभजी फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ। ओपोको यूट्यूब च्यानलमार्फत मार्चको ६ तारिकमा उक्त सिरिज सार्वजनिक हुने भएको हो।


फाइन्ड एक्सटू सिरिजमा ओपोले अहिलेसम्म विकसित गरेकै मध्य अत्याधुनिक स्क्रिनको प्रयोग गरिएको जानकारी दिएको छ।

यो स्क्रिनमा रिजोल्यूशन, स्क्रिन रिफ्रेश रेट, रङ र हाई डाइनामिक रेञ्जमा विशेष प्राथमिकता दिइएको कम्पनीले बताएको छ। फाइन्ड एक्सटू प्रोमा अनुकूलित फ्ल्यागशिप ईमेज सेन्सर जडान गरिएको छ भने अत्याधुनिक फोटोग्राफी प्रविधिहरुको प्रयोग गरिएको छ।

यो सिरिजले एसएरएनएसए डुअल–मोड्यूल नेटवर्क सपोर्ट गर्ने, क्वालकमको फाइभजी फ्ल्यागशिप चिप स्न्यापड्रायगन ८६५को प्रयोग गरिएको कम्पनीको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७