नेकपा सचिवालय बैठक शुरु, एमसीसीलगायतका विषयमा छलफल गरिंदै


१४ फाल्गुन २०७६, बुधबार
nekapa scaled

काठमाडौं, १४ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ ।

आजको वैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ । बैठकमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता, संविधान संशोधन, निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा प्रकरणलगायतका विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ । एमसिसीका विषयमा अध्ययन गर्न नेकपाले नेता खनाल नेतृत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलले दिएको सुझावका विषयमा आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आआफ्नो धारणा राख्ने सम्भावना रहेको स्रोतको भनाई छ । एमसीसीका विषयमा तीन साता अध्ययन गरेर ९ फागुनमा खनाल नेतृत्वको कार्यदलले पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७