नेकपाद्वारा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय


१४ फाल्गुन २०७६, बुधबार
bamdev gautaam

काकाठमाडौं, १४ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) बसेको बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्तिका लागि निर्णय गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७