यस्तो थियो अदालतको १४ प्रश्न र गोविन्द केसीको उत्तर


२६ पुष २०७४, बुधबार
Dr Gobinda KC

काठमाडौं: अदालतको अवहेलना गरेको अभियोगमा सोमबार राति पक्राउ गरेर मंगलबार बिहान सर्वोच्च अदालतमा उपस्थित गराइएका डा। गोविन्द केसीले न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेसमक्ष दिएको बयान:Dr Kc Govinda

प्रश्न १ : हजुरको बाजेबुबाको नाम, थर र हजुरको नाम, थर, वतन र पेसा के हो ?

डा. केसी : मेरो हजुरबुबाको नाम नरबहादुर, बुबा उदयबहादुर र मेरो नाम डा। गोविन्द केसी हो । पेसाले चिकित्सक हुँ । वर्ष ६१ को भएँ ।

प्रश्न २ : हजुरको स्वास्थ्य स्थिति के कस्तो छ रु कुनै शारीरिक र मानसिक रोग छ या छैन रु आज इजलाससमक्ष बयान दिन सक्नुहुन्छ या हुन्न ?

डा: केसी स् म हिजोदेखि अनशनमा रहेको हुँदा मुटुको धड्कन बढेको महसुस भएको छ । छाती दुखेको छ । अरू कुनै शारीरिक र मानसिक रोग छैन । बयान दिन सक्छु ।

प्रश्न ३ : तपाईं आज सर्वोच्च अदालतमा किन उपस्थित हुनुभएको हो ?

डा. केसी स् मलाई पक्राउ गरेर उपस्थित गराइएको छ । कुन कानुनअन्तर्गत के अपराधमा पक्राउ गरेर ल्याइएको हो, मलाई थाहा दिइएको छैन र पनि तपाईंले सोधेको प्रश्नको जवाफ दिन तयार छु ।

प्रश्न ४ : हजुरले आफ्नो कुनै कानुन व्यवसायी यस मुद्दामा राख्नुभएको छ या छैन ?

डा.केसी  छ ।

प्रश्न ५ : यस प्रतिवेदनमा पेस भएका समाचार सामग्री तथा प्रेस विज्ञप्ति देखाई सोधिन्छ-सो व्यहोरा तपाईंको हो–होइन रु तपाईंले भन्नुभएको कुरा अशिष्ट, अमर्यादित र अदालतको अवहेलनाजनक हो भन्ने तपाईंलाई लाग्छ या लाग्दैन :

डा. केसी : अनलाइन र सेतोपाटीलगायत खबर पत्रिकाका बारेमा म भन्न सक्दिनँ । प्रेस विज्ञप्ति ०७४ पुस २४ मा मैले नै प्रेषित गरेको हो । यो विज्ञप्ति अदालतको अवहेलना हुने गरी अशिष्ट र अमर्यादित तवरले प्रकाशित गरेको होइन, अदालतप्रति सम्मान छ । अदालतको अवहेलना गरे जस्तो मलाई लाग्दैन ।

प्रश्न ६ : तपाईंले के–कति आधार र कारणबाट त्यस्तो अभिव्यक्ति दिनुभएको हो ?

डा। केसी स् सम्माननीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले गर्नुभएको निर्णय र कार्यहरूले न्यायको मानमर्दन भएकाले मैले प्रेस विज्ञप्ति प्रकाशित गरेको हुँ ।

प्रश्न ७ : तपाईंले ६ नम्बरको जवाफमा सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीले गर्नुभएको कतिपय निर्णय र कार्य न्यायालयको मानमर्दन भएको भन्नुभयो, यसमा पुष्टि गर्ने आधार वा प्रमाण केही छ ?

डा. केसी स् प्रेस विज्ञप्तिमा उल्लेख भएका मुद्दा नै मेरा आधार र कारण प्रस्ट्याउन पर्याप्त छन् । सोका अलावा पाना २ को ०७४ पुस २५ को दस्ताबेजको विवरण पेस गरेको छु, त्यसले वास्तविकता प्रस्ट्याउनेछ । अनलाइनबाट प्राप्त दुईप्रति नागरिकतासमेतको प्रतिलिपि पेस गरेको छु । सोलाई आधार मानी पाऊँ । सो नागरिकता सम्माननीय प्रधानन्यायाधीशको हो ।

प्रश्न ८ : अदालतले संविधान, कानुन र न्यायका मान्य सिद्धान्तअनुसार न्याय सम्पादन गर्छ भन्ने तपाईंलाई थाहा छ या छैन रु अदालतको आदेश फैसलाप्रति घृणा सिर्जना गर्ने अभिव्यक्तिले अदालतको अवहेलना हुने र सजायसमेत हुन्छ भन्ने तपार्इंलाई थाहा छ कि छैन रु

डा. केसी स् अदालतको अवहेलनामा सजाय हुन्छ भन्ने विषयमा मलाई थाहा छ । सही न्याय सम्पादन गर्ने न्यायाधीशहरूलाई म सम्मान गर्छु । अदालतको घृणा हुने अभिव्यक्ति मैले दिएको छैन ।

प्रश्न ९: तपार्इंले आफ्नो प्रेस विज्ञप्तिमा भ्रष्ट र माफिया प्रधानन्यायाधीश भनी उल्लेख गर्नुभएको छ, यो अदालतप्रति घृणा सिर्जना गर्ने र अदालतको अवहेलना हुने खालको होइन र रु हजुरको यस्तो शब्दले अदालतको सम्मान हुन्छ रु

डा.केसी स् यसको जवाफका लागि आधार र कारणसहितको कागजात सवाल प्रेस विज्ञप्तिमार्फत पेस गरिसकेको छु । त्यसैलाई आधार मानी पाऊँ । गलत निर्णय र कार्य गर्ने न्यायाधीशबारे बोल्दा अदालतको अवहेलना होइन, सम्मान मिल्छ ।

प्रश्न १०: अदालतको आदेश र फैसलाप्रति चित्त नबुझे मर्यादित ढंगले असहमति व्यक्त गर्न सकिने अवस्थामा अदालतप्रति जनमानसमा भ्रम पर्ने गरी तपाईंले अशिष्ट र लाञ्छनायुक्त अभिव्यक्ति प्रकट गर्नुको कारण के हो रु

डा। केसी स् म अदालतप्रति सम्मान व्यक्त गर्छु । मैले पेस गरेको प्रकरण ७ अर्थात् जवाफमा पेस गरेको कागजात नै पर्याप्त छ । मैले भावनाले बगेर बोलेको होइन । मेरो प्रयासले अदालत र जनमानसमा राम्रो प्रभाव परोस् भनी भनेको हुँ । अशिष्ट र लाञ्छनायुक्त छैन ।

प्रश्न ११ स् तपार्इं नागरिक समाजको अगुवा भन्नुहुन्छ, अदालतको आदेश वा फैसलाउपर चित्त नबुझे सोउपर पुनरावेदन वा पुनरावलोकन गराउनेतर्फ तपाईंले के गर्नुभयो रु तपाईंले सम्बन्धित निकायमा अनुरोध गर्नुभयो रु

डा.केसी स् म नागरिक समाजको अगुवा भनेर मैले कहिल्यै पनि भनेको छैन । म सामान्य सचेत नागरिक हुँ । म मुद्दाको पक्ष–विपक्ष नभएकाले पुनरावेदन र पुनरावलोकनलगायत कानुनी प्रक्रियामा जाने कुरा भएन । सचेत नागरिक भएकाले स्वस्थ आलोचना मात्र गरी अदालतलगायत समाजलाई पनि घचघच्याएको हुँ ।

प्रश्न १२ स् के तपाईंको चाहना अदालतको मुद्दामा तपाईंले नै भनेबमोजिम फैसला हुनुपर्छ भन्ने हो रु होइन भने सर्वोच्च अदालतको आदेश फैसलाप्रति किन असहिष्णु हुनुभएको हो ?

डा। केसी स् न्याय सम्पादन राम्रो हुनुपर्छ । न्याय सबैले पाउनुपर्छ । मेरो पक्षमा मात्रै फैसला हुनुपर्छ भनी मैले भन्न खोजेको होइन । न्यायमा विकृति भित्रिएको देखेर शुद्धीकरणका लागि बोलेको हुँ । सही फैसला आएको भए आलोचना गर्नुपर्ने थिएन । फैसलाको आलोचना गर्नु अदालतको अवहेलना होइन ।

प्रश्न १३ : मुलुकमा लोकतन्त्र र विधिको शासन स्थापित गराउन महत्वपूर्ण भूमिका खेलिरहेको न्यायपालिकाविरुद्ध अमुक मुद्दामा भएको आदेशका कारण अनर्गल अभिव्यक्ति दिनुहँुदैन भन्ने दायित्वबोध तपााईंलाई छ या छैन रु

डा. केसी स् मुलुकमा लोकतन्त्र र विधिको शासन स्थापित गराउनु नै मेरो प्रयास हो । मैले दिएको अभिव्यक्ति अनर्गल होइन । तीन करोड नेपालीलाई प्रत्यक्ष असर पर्ने गरी संविधान प्रदत्त स्वस्थ रहेर जिउन पाउने नैसर्गिक अधिकारमा हनन हुने फैसला भएकाले मैले सबैलाई सचेत गराउन खोजेको मात्र हुँ । मैले न्यायपालिकाविरुद्ध बोलेको होइन, लोकतन्त्र र विधिको शासन स्थापित गराउनु नै मेरो यो अभिव्यक्तिको आशय हो र सचेत नागरिकको दायित्व पनि हो ।

प्रश्न १४: यस सवालमा पहिला प्रश्न गरेदेखि अन्तिमसम्म सुनाइन्छ कि यस विषयमा तपाईंको अरू केही भन्नु छ कि रु

डा। केसी स् मेडिकल कलेजसम्बन्धी सुधारका लागि मैले विगत डेढ दशकदेखि गर्दै आएको प्रयास हो । स्वास्थ्य र चिकित्सा क्षेत्रको सुधारका लागि आन्दोलन जारी राखेको छु । स्वास्थ्य र चिकित्सामा भएको सम्मानित सर्वोच्च अदालतको आदेशले माफियाले प्रश्रय पाउने र सुधारको साटो विकृति आउने देखी मैले प्रेस विज्ञप्तिसमेत निकालेर अनशन बस्नुपरेको हो । यो बयानका क्रममा समेत अनशनमा छु । मलाई सुधारको प्रयास गर्दागर्दै यसरी एक्कासि प्रहरीको सहयोग लिई अदालतसमक्ष बयानका लागि ल्याइएको छ ।

यस अदालतबाट भएको आदेशमा निजी मेडिकल कलेजले प्रश्रय पाउने, गुणस्तरहीन स्वास्थ्यकर्मी उत्पादन हुने र स्वास्थ्य क्षेत्रमा विकृति विसंगति आई तीन करोड नेपालीको स्वास्थ्य र जिउधनप्रति खेलबाड भइरहेकाले त्यस्तो आदेश गर्ने न्यायाधीशविरुद्ध लड्नु मेरो कर्तव्य हो । मेरो भनाइ गलत निर्णय दिने न्यायाधीशविरुद्ध हो । न्यायाधीशले न्याय सम्पादन गर्दा जनतालाई न्यायको अनुभूति दिन सक्ने, न्याय सम्पादन र न्याय प्रशासनको नेतृत्व निष्पक्ष ढंगले सञ्चालन गर्नुपर्ने, आदर्शवादी अनुकरणीय व्यक्ति हुनुपर्नेमा नागरिकतासम्बन्धी विवाद, उमेरसम्बन्धी विवाद, शैक्षिकसम्बन्धी विवाद, चूडामणि शर्मासम्बन्धी राजस्व छली, आयल निगम, एनसेल, भूमाफिया र नातावादसम्बन्धीलगायत क्रियाकलापले न्यायपालिकाको आस्था, गरिमा र स्वाधीनतालाई चुनौती दिएका कारण उनीबाट अदालतको अपहेलना भएकाले निजमाथि अदालतको अवहेलनामा कारबाही हुनुपर्ने हो । ममाथि लगाएको आरोप झुटा हो । मैले अदालतको अवहेलना गरेको छैन । सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायिक छानबिनको दायरामा ल्याई कारबाही गरे न्यायालयको गरिमा वृद्धि हुन्छ । अदालत जनताको आस्थाको केन्द्र बन्छ । यो समचार नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७