राज्यमन्त्रीका सल्लाहकार घलेले गरे किशोरीलाई बन्धक बनाएर चार दिनसम्म बलात्कार


१४ फाल्गुन २०७६, बुधबार
Rape for nayapage

काठमाडौं, १४ फागुन । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक सल्लाहकार अमृतकुमार घले बलात्कार आरोपमा पक्राउ परेका छन् ।

घलेले एक १७ वर्षीया किशोरीलाई चार दिन कोठामा बन्धक बनाएर बलात्कार गरेको खुलासा भएको छ । ५२ वर्षका घलेले किशोरीलाई आफ्नो कोठामा चार दिन बन्धक बनाएर बलात्कार गरेको भन्ने सूचना पाएपछि गत फागुन १ गते प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंस्थित आफ्नी दिदीसँग बस्दै आएकी सिन्धुली घर भएकी ती किशोरीलाई घलेले अमेरिका पठाई दिन प्रलोभनमा चार दिनसम्म कोठामा बन्धक बनाएर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ । कक्षा १२ मा अध्ययनरत ती किशोरी घरबाट फर्कने बेला बनेपाबाट अमृतले आफ्नो मोटरसाइकलमा चढाएर काठमाडौं ल्याएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनले टोखास्थित आफ्नो फ्ल्याटमा बन्धक बनाई बलात्कार गरेको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् । ती किशोरीले आफ्नो परिवारलाई गोप्य रूपमा बन्धक बनाएर बलात्कार भएको जानकारी गराएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७