बाँस्कोटाको अडियोको छानबिन गर्न सांसदको माग


१४ फाल्गुन २०७६, बुधबार
samsad3

काठमाडौं, १४ फागुन । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद रेखा कुमारीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकारणमा छानबिन गर्न सरकारसँग माग गरेकी छन् ।

सांसद भवानीप्रसाद खापुङले भ्रष्टाचारमा संलग्न हुनेलाई कडा कारवाही गर्न जोड दिए । सांसद राजेन्द्रप्रसाद गौतम, रामबहादुर विष्ट र विमला नेपालीले नेपालको सीमाना क्षेत्र जोगाउन सरकारको ध्यानाकषर्ण गराए ।

सांसद महेश्वरजङ्ग गहतराज र मायादेवी न्यौपानेले सरकार र सदनबीच थप सहकार्यको आवश्यकता औंल्याएका छन् । सांसद मीनबहादुर विश्वकर्माले दलित समुदायले दलित भएकै कारण राजधानिमा कोठा पाउन समस्या रहेको बताएका छन् ।

सांसद मीना सुब्बाले रु ७० करोड भ्रष्टाचारको चलखेल हुँदा सरकार किन चुप रहेको प्रश्न गरेकी छन् । सांसद मीना पाण्डेले प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन ढिलाइ भएकोमा ध्यानाकर्षण गराएकी छन् ।

सांसद मोहन बानियाँले सरकारले अघि सारेको भ्रष्टाचार अन्त्यको अभियानलाई पूरा गर्ने बताए । सांसद यज्ञबहादुर बोगटी, यज्ञराज सुनुवार, रङ्गमति शाही, रामबहादुर बुढा क्षेत्री, राजेन्द्रकुमार केसी, रेणुका गुरुङ, लक्ष्मणलाल कर्ण र लक्ष्मी परियारले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७