केसीका पक्षमा सय वकिल
काठमाडौं: अदालतको अवहेलना आरोपमा पक्राउ परेका डा। गोविन्द केसीले सर्वोच्चमा दिएको वयानलाई मुख्य समाचार बनाएर छापेको कान्तिपुर दैनिकले सय वकिल केसीको पक्षमा रहेको लेखेको छ ।
समाचार अनुसार अवहेलना मुद्दामा डा। केसीको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, अधिवक्ताहरु सुरेन्द्र भण्डारी, विजयप्रसाद मिश्र, इन्दु तुलाधर, दिनेश त्रिपाठी, लेखनाथ भट्टराईलगायत करिब सय कानून व्यवसायीले वकालतनामा गराएका छन् । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, श्याम खरेल, उपेन्द्रकेशरी न्यौपानेलगायत कानून व्यवसायी भने अवहेलनाको कारबाहीको पक्षमा बहस गर्दैछन् ।