पारस खड्का महिन्द्रा मोटरका ब्राण्ड एम्बेस्डर


१४ फाल्गुन २०७६, बुधबार
parash khadga 1

काठमाडौं, १४ फागुन । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का महिन्द्रा मोटरका ब्राण्ड एम्बेस्डर बनेका छन ।

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रको आधिकारीक विक्रेता अग्नि ग्रुपले पारसलाई एक कार्यक्रमका विच ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

ब्राण्ड एम्बेस्डर वाफत पारसले एनसीएपीको पहिलो सेफर च्वाइस अवार्ड विजेता गाडी एक्सयूभी ३०० गाडी पाएका छन ।

अलराउण्डर पारस तथा नेपाललाई एक दशक कप्तानी गरेका पारसले अग्नी ग्रुपसँग आबद्ध हुनपाउँदा खुसी लागेको बताए । उनले अग्नी ग्रुपसँग सदैव असल सम्बन्ध रहेको र यो समुहको डिस्ट्रिब्युटरसिप रहेको मोटरसाइकलको पनि यसअघि ब्राण्ड प्रवद्र्धक रहिसकेको बताए ।

नेपाली बजारमा यो गाडीको मुल्य करिव ४० लाख रुपैयाँ रहेको छ । पारसलाई यसअघि ब्यापारी सुरज बैधले आधा दशक अगाडी पुरस्कारमा गाडी दिने बताएपनि अहिलेसम्म पाउन सकेका छैनन ।

पारसको योगदान र उनले नेपाली क्रिकेटको विकाशमा पुर्याएको योगदानले कम्पनी प्रभावित भएको र पारस सन् २००७ देखि अग्नि ग्रुपसँग सम्बन्ध रहेको थियो । ब्राण्ड एम्बेस्डर वाफत पारसले गाडी पाएकोमा खुसी लागेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७